काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् ।
डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफु मात्र कारवाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् ।
उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफुले पनि हस्ताक्षर गरेको बताएकी छन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेकी छन् ।
यस अघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा डाँगी बाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारवाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए ।
बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै