प्रधानमन्त्रीलाई एमालेका मन्त्रीहरुले बुझाए राजीनामा



काठमाडौं :  नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

यस अघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले बुधबार अपराहन्न सम्म राजीनामा नगरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको हो ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.