१३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत,आरोपित पक्राउ



कालीकोट: घर परिवारका सदस्य रोपाइँमा गएको बेला नरहरिनाथकी १३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । आँखा देख्न नसक्ने बालिकालाई घरमा एक्लै भएको मौका पारी ५० वर्षीय चक्रबहादुर विष्टले बलात्कार गरेको आफन्तको आरोप छ ।

आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेर सदरमुकाम मान्म ल्याएको छ । सुस्तमनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई सोमबार पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ, उनले भने, थप अनुसन्धान गर्दैछौं ।

बालिकाको घरमा कोही नभएको मौका पारेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । उनका अनुसार आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

दृष्टिविहीन बालिका कक्षा ७ मा पढ्छिन् । बालिका आँखाको उपचार गर्न आफन्तसँग सदरमुकाम मान्म हुँदै कैलालीको गेटा आँखा अस्पतालमा परीक्षण गरेर एक साताअघि घर फर्किएकी थिइन् । मंगलबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पतालमा रहेको आपतकालीन एकद्धार संकट व्यवस्थापन केन्द्र ओसीएमसीका प्रमुख डा। प्रतिमा भण्डारीले बताइन् ।
कान्तिपुरबाट साभार

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.