कालीकोट: घर परिवारका सदस्य रोपाइँमा गएको बेला नरहरिनाथकी १३ वर्षीया दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । आँखा देख्न नसक्ने बालिकालाई घरमा एक्लै भएको मौका पारी ५० वर्षीय चक्रबहादुर विष्टले बलात्कार गरेको आफन्तको आरोप छ ।
आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेर सदरमुकाम मान्म ल्याएको छ । सुस्तमनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई सोमबार पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ, उनले भने, थप अनुसन्धान गर्दैछौं ।
बालिकाको घरमा कोही नभएको मौका पारेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । उनका अनुसार आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
दृष्टिविहीन बालिका कक्षा ७ मा पढ्छिन् । बालिका आँखाको उपचार गर्न आफन्तसँग सदरमुकाम मान्म हुँदै कैलालीको गेटा आँखा अस्पतालमा परीक्षण गरेर एक साताअघि घर फर्किएकी थिइन् । मंगलबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पतालमा रहेको आपतकालीन एकद्धार संकट व्यवस्थापन केन्द्र ओसीएमसीका प्रमुख डा। प्रतिमा भण्डारीले बताइन् ।
कान्तिपुरबाट साभार



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै