काठमाडौँ : फिल्म ‘वर एण्ड बधु’को रिलिज भदौ १४ बाट रिलिज हुने भएको छ। फिल्मि रिलिज हुने मिति पक्का गरिएको छ । निर्माणपक्षले वितरकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ ।मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको हो ।
यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ ।फिल्ममा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् ।
एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो फिल्ममा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।फिल्म ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो फिल्म रिलिज गर्न लागिएको हो । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो । फिल्मको हाल प्रोष्ट प्रोडक्शनको काम चलिरहेको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप