काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् ।आज बिहान बसेको बैठकमा मुखमा टेप टाँसेर बसेका उनले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए । सभापति रविले रोके । उनले रविको नभई रास्वपाको पार्टी बनाउनु पर्ने बताएका हुन् ।
‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन,’ उनले भने ।प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ,’ उनले भने ।बैठक अहिले एकैछिनलाई रोकिएको छ ।
रास्वपाले महामन्त्रीको प्रतिवेदन हुबहु सार्वजनिक गर्ने:
तर यता रास्वपाका अनय नेताहरुले भने राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन हुबहु सार्वजनिक गर्ने भएको छ ।
आज जारी केन्द्रीय समितिको बैठकमा प्रतिवेदनमाथि नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् ।बैठककै बीचमा बाहिर निस्किएका सहप्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभापतिले प्रतिबद्धता जनाइसकेको उल्लेख गरे । बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्ताव भने अस्वीकृत भएको उनले बताए ।उनले भने, ‘बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्तावलाई सभापतिज्यूले नै बैठकमा राख्नुभएको थियो ।
तर, सबै केन्द्रीय सदस्यहरुले यसलाई अस्वीकार गर्नुभयो । हामीले प्रतिवेदन हेर्न नपाएको हुँदा पहिले यसबारे छलफल गरौं भन्ने कुरा भएको छ ।’बैठक लाइभ नहुने भएपछि महामन्त्री ढकाल मुखमा टेप लगाएर बसेको उनले बताए । महामन्त्री नबोलेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डेढ घन्टा लगाएर प्रतिवेदन वाचन गरेको उनले उल्लेख गरे ।महामन्त्रीलाई हटाउने तयारी गरिएको भनेर आएको समाचार उनले खण्डन गरेका छन् ।



सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन