काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा. मुकुल ढकालले बैठकमा मुखमा कालो टेप टाँसेर विरोध गरेका छन् ।
बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताएको छ । साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने र पार्टीले आफ्नो धारणा बनाउने तयारी थियो ।
ढकालले केहीदिन अघिदेखि नै बैठक लाइभ गर्न माग गर्दै आइरहेका थिए ।



सम्वन्धित समाचार
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका