काठमाडौं: नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले ठूला दल मिलेर तानाशाही सरकार बनाउन खोजेको आरोप लगाएको छ। कांग्रेस–एमाले सत्ता गठबन्धनलाई चरम अवसरवादको संज्ञा उनले दिएका छन् ।
कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको टिप्पणी गरे।
उनले भने, ‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो। दुई ठूला दल मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ।’
सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा अस्वीकार्य भएको बताए।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै