ओली प्रधानमन्त्री हुनु भनेको नेपाल र नेपालीको लागी अर्को अभिषाप हो:  दुर्गा प्रसाई



मिन बहादुर खड्का काठमाडौँ : आफुलाई मेडिकल व्यावसायि बताउने सामाजिक अभियान्ता दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी
ओली प्रधानमन्त्री हुनु भनेको नेपाल र नेपालीको लागी अर्को अभिषाप हुने टिप्पणी गरेका छन् । विकसित राजनिती घटनाक्रम बारे सामाजिक सञ्जाल फेसबुकमा स्टार्टस लेख्दै प्रसाइले यस्तो टिप्पणी गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि आत्तिएका ओली र देउवा दम्पती मिल्नु भनेको भ्रष्टाचारि एकठाउँमा आउनु जस्तै रहेको उनले उल्लेख गरेका छन् । यथास्थितिमा देशमा जुन प्रधानमन्त्री,मन्त्री भएपनि त्यसले कुनै अर्थ नराख्ने प्रसाइको भनाई छ।
अन्ततः नेपाली युवाको रोजगारीको मुद्दा बोक्ने र किसान मजदुरको मुद्दा बोकेर हिड्ने, गरिब र सर्बहारा नागरिकको मुद्दा बोक्ने,त्यसको लागी जीवन अर्पण गर्ने पात्र दुर्गा प्रसाईंको नेतृत्वको नागरिक बचाउ महाअभियान मात्रै हुने उनको टिप्पणी छ।

समयमै आन्दोलनलाई निर्णायक मोडमा पुर्याउन सकिएन भने त्यसको क्षेती देशले बेहोर्नु पर्ने पनि उनले बताएका छन् । गरिब सर्बहाराको झुपडीबाट भोट लिएर गएर मारवाडी संग पार्टनरसिप गर्ने दलालहरु भगाएर देश बचाउन लागन पनि प्रसाइले आग्रह गरेका छन् ।एमाले र कांग्रेस मिलेर नयाँ सरकार गठन गर्ने र पहिला ओली प्रधानमन्त्री बन्ने सहमती भएपछि ओलीको खेदो खन्दै आएका प्रर्साइले लेखेका छन् ।

ओली प्रधानमन्त्री हुनु भनेको नेपाल र नेपालीको लागी अर्को अभिषाप हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि आत्तिएका ओली र देउवा दम्पती मिल्नु भनेको भ्रष्टाचारि एकठाउँमा आउनु जस्तै हो । यथास्थितिमा देशमा जुन प्रधानमन्त्री,मन्त्री भएपछि त्यसले कुनै अर्थ राख्दैन । अन्ततः नेपाली युवाको रोजगारीको मुद्दा बोक्ने र किसान मजदुरको मुद्दा बोकेर हिड्ने, गरिब र सर्बहारा नागरिकको मुद्दा बोक्ने,त्यसको लागी जीवन अर्पण गर्ने पात्र दुर्गा प्रसाईंको नेतृत्वको नागरिक बचाउ महाअभियान मात्रै हुन्छ । समयमै आन्दोलनलाई निर्णायक मोडमा पुर्याउन सकिएन भने त्यसको क्षेती देशले बेहोर्नु पर्छ । जो आज बेहोरी रहेको छ । “ए बाबा ” ! गरिब सर्बहाराको झुपडीबाट भोट लिएर गएर मारवाडी संग पार्टनरसिप गर्ने दलाल भगाऔं । देश बचाउ ।।

यतिबेला नयाँ सरकार बन्ने बिषयमाबिभिन्न टिकाटिप्पणी भइरहेका छन् । भष्टाचारका बिभिन्न प्रकणहरु ढाकछोप गर्न नयाँ सकिमरण बनेको आरोप सामाजिक सञ्जाल मार्फत सामाजिक अभियान्ता राजनिति दलहरुले नै लगाएका छन् । भुटानी शणनार्थी प्रकरण गिरिबन्दु टिस्टेड प्रकरणबाट उनमुक्ति पाउन यो समिकरण बनेको सम्मको चर्चा भइरहेको ।

यो समय गिरिबन्धु चियाको हो बालेनः
यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले सत्ता समीकरणमा आएको फेरबदलबारे कडा टिप्पणी गरेका छन् ।उनले मंगलबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै यो समय गिरिबन्धु चियाको भएको बताएका हुन् । ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले’, मेयर शाहले लेखेका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.