मिन बहादुर खड्का काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको चर्चाका बीच यता प्रधानमन्त्री प्रचण्डले समेत ओलीलाई प्रस्ताब गरेको चर्चा सुरु भएको छ। प्रचण्डले टेलीफोन कुराकानीमा यस्तो प्रस्ताव गरेको चर्चा भैरहेको छ ।
नेकपा एमाले र नेपाली कांग्रेस बीच सत्ता समीकरण हुँदैछ भन्ने कुराले झस्किएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धनबाटै प्रधामन्त्री बन्न प्रस्ताव गरेको अर्को खुलासा भएको छ। प्रचण्डले ओलीलाई नेपाली कांग्रेस सँग मिल्नु भन्दा गठबन्धनबाटै प्रधानमन्त्री बन्न आग्रह गरेको श्रोतले बताएको छ । यो बिषयमा प्रस्ताव नै गरेको भन्ने कुरा माओवादी नेताहरुले पनि खेलाएका छैनन् । यद्यपि एमाले–कांग्रेस सरकार बन्ने –नबन्ने ओलीको निर्णयमा निर्भर हुने नेताहरूको दाबी छ ।
देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको थियो, जसले सत्ता राजनीति निकै तरंगित भएको छ । खासगरी यो भेटपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् ।
आजको भेटमा एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रियासहित सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको चर्चा पनि भइरहको छ। ।
श्रोतका अनुसार एमाले र कांग्रेसबीच करिब सहमति भइसकेको जानकारी पाएका प्रधानमन्त्री प्रचण्डले ओलीलाई रोक्न सकिन्छ कि भनेर अस्त्र प्रहार गरेका हुन् ।
कांग्रेस र एमालेबीच वर्तमान संसदको कार्यकालको आधा–आधा सरकार चलाउने गरी सहमति बनेको एक श्रोतको दाबी छ।ओली र देउवाको शनिबार बालकोट भेटवार्ताले सबैको ध्याय यतिबेला सत्ता समिकरण फेरबदलमा छ । सोही भेटवार्ता पछि बिभिनन चर्चा सुरु भएका हुन् । यति बेला राष्ट्रिय राजनीति नै नयाँ तरङ्ग ल्याएको छ । नयाँ सत्ता समीकरण बन्ने निश्चित जस्तै भएको चर्चा भैरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना vबढ्दै गएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै