मिन बहादुर खड्का काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै भएको चर्चा यतिबेला राजनिती बृतमा सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बालकोटमा भएको भेटवार्तााले अन्ततः सार्थकता पाउने निश्चि जस्तै भएको चर्चा सुरु भएको हो।
ओली र देउवा भेटले राष्ट्रिय राजनिती तरंगित छ । ओली र देउबाको भेटले खैलाबैला नै सत्ता गठबन्धनमा मच्चिएको छ। एमाले कांग्रेस मिल्ने लगभग निश्चि भइक्यो भन्ने चर्चा पनि भइरहेको छ । तर यता माओवादी निकट नेताहरुले भने दुई शिर्ष नेताहरुको भेटलाई लिएर सत्ता फेरबदलको चर्चा गर्न नहुने बताइरहेका छन् । यहिँ भेटले सत्ता समिकरण बदलिन्छ भन्ने नरहेको माओवादी नेताहरुको तर्क छ। यता कांग्रेसले भने सरकार गठनबारे बिभिन्न दलसंग छलफल भइरहेको प्रतिक्रिया नै दिएको छ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सबैभन्दा ठूलो पार्टीको हैसियतले कांग्रेस सरकारमा गएर सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा स्वाभाविक भएको बताएका छन् । यद्यपि आज बसेको पदाधिकारी बैठकमा एमालेसँग मिलेर सरकार गठन गर्नेबारे छलफल नभएको उनले बताएपनि बाहिर भने कांग्रेस एमाले मिल्ने पक्का पक्की भइसकेको चर्चा सुरु भएको छ। सत्ताबाट हात धुनुपरेपछि बिरत्तिएका कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका अफर नै गरिसकेको श्रोतको दावी छ ।
देउवाले सोमबारको पधातिकारी बैठकमा ओली संग सकारात्मक कुराकानी भएको बताएका छन् । यसमा कांग्रेस नेताहरु पनि सकारात्मक देखिन्छन् । एमालेले पनि आन्तरिक छलफल गरिरहेको तर बाहिर खुलाउन नचाएको श्रोतले बताएको छ। श्रोतका अनुसार एमाले कांग्रेस बीच सत्ता समिकरण गर्ने बारे लगभग छलफल भइसकेको छ, तर अहिले नै बाहिर खुलस्त दुबै दलका नेताहरुले भन्न सकेका छैनन् । यता एमालले पनि कांग्रेस संग मिलेर सरकार बनाउने भन्ने बिषयमा कुनै प्रतिक्रिया दिएको छैन । बरु एमाले नेताहरु यो समभव नहुने समेत तर्क गरिहेका छन् ।
ओली प्रधान्मन्त्री बन्दैछन् र सरकार ढेल्दैछ, यतिमात्रै होइन देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेको सम्मको चर्चा तिबै रुपमा भइरहको छ। । झण्डै तीन घण्टा लामो देउवा र ओलीबीच भएको छलफललाई बिभिन्न कोणबाट हेरिएकोमा अनततः सरकार गठनको गृहकार्य समेत भइरहेको चर्चा चुलिएको छ। समसामयिक राजनीतिबारे छलफल भएको भनिएपनि प्रचण्डले दिएको धोकाको बदला लिने दाउमा सत्ताबाट हात धोएको दिनदेखी नै कसरतमा रहेका देउवा सामान्य भेटघाटका लागि आली भेटन नगएको चर्चा भइरहेको छ।
उसो त केही समय अगाडी नै कांग्रेस र एमालेबिच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबिच भएको भेटवार्तालाई बढी अर्थपूर्ण रुपमा हेरिएको हो। फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो । सत्ताबाट हात धुनुपर्दाको छटपटीले सबैभन्दा बढी देउबालाई पोलेको छ ।
सम्भवतह अन्य कांग्रेसका नेतालाई त्यति मत्लब छैन । तर देउवा भने सत्ता बाहिर हुँदा छटपटाइहाल्छ्न् । उनले सत्तामा पुग्न अनेकौँ प्रयास नगरेका हैनन् । सत्ताबाट बिमुख भएको दिन देखी सरकारमा कसरी जाने रु भन्ने आन्तरिक रणनिति देउवाले कहिँले बनाउन छाडेका छैनन् । सोही अनुसारको दौडधुप बढाइरहेका छन् । देउवाले पार्टीलाई सत्तामा सहभागी गराउन र प्रचण्डले दिएको धोकाको बदला लिन र प्रचण्डको प्रधानमन्त्री पद च्यूत गर्न कहिँले रबी कहिँले माधव नेपाल नफकाएका पनि होइनन् तर उनि सफल हुन सकेनन् ।यतिमात्रै होइन देउबा अरुलाई प्रधानमन्त्री पद बाड्दै हिडेका छन् । अरुलाई प्रधानमन्त्री बनाएरै भएपनि प्रचण्डले दिएको धोकाको बदला लिने धुनमा देउवा पहिले देखी नै जुटेका छन् ।
राजनितिका चतुर खेलाडी मानिने देउबाको चतुर्याइले सार्थकता भने पाउन सकेको छैन। आफु संगको लगन गाँठो चुँडाएर प्रथण्डले बालकोटबाट हात हल्लाएको सुइको समेत नपाएका देउबाको रिस अहिले जति प्रचण्ड संग छ त्यति अरु संग छैन । यस अघि एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बोलकोट पुगेका हुन् । लामो समय पछिको भेट आफैमा अर्थपर्ण त हुने नै भयो तर शनिबारको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खुलेको सममको चर्चा छ ।
देउवा र ओलीबीचको भेटघाटबारे दिउँसै थाहा पाएका केही कांग्रेस नेताहरूले पनि दुई नेताबीचको कुराकानी असार १५ को दही चिउरामा सीमित नभएको भन्ने प्रमाण्ति भइसकेको छ ।यतिबेला कांग्रेस नेताहरूले पनि दुई ठूला पार्टीबीच सहकार्यको संरचना बन्न लागेको प्रतिक्रिया दिएका छन् ।तर, एमालेका नेताहरू भने पछिल्लो भेटघाट सामान्य शिष्टाचार भन्दै कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सम्भावना अश्वीकार गरिरहेका छन् ।ओली र देउवाको पछिल्लो वार्ताले सत्ता समीकरणमा पनि खैलाबैला मच्चिएको छ । उसो त केही समय यता पुरानै गठबनधन बिउताउने आनतरिक तयारी भइरहेको सम्मको चर्चा पनि भइरहेको थियो। तर अहिले नयाँ समिकरणको बढी चर्चा छ।
शनिबारको देउवा र ओली भेटले माओवादी बढी सशंकित छ । दुई नेताको भेटलाई चर्चाको बिषय नबनाउन माओवादी नेताहरुले बताइरहेको भएपनि माओवादी भित्र चिसो भने पसेको छ। माओबादीका नेताहरु मात्रै सशंकित भएका छैनन् यसको धक्का बालुवाटार सम्मै पुगेको छ। ओली र प्रचण्डको कृपाले आफ्नो अस्तितव जोगाइरहेका रबी समेत सशंकित भएका छन् । ओली र देउबाको भेटले सशंकित भएका प्रचण्डले ओलीसँग आइतबार बालुवाटारमै भेटवार्ता गरे ।
उक्त भेटमा पनि चित्त नबुझेपछि सोमबार फेरी ओली प्रचण्ड बीच लामो भेटवार्ता भएको थियो । भेटघाट पछि प्रधानमन्त्रीको सचिवालयले भने सरकार फेरबदल बारे ओली र देउवा बीच कुनै कुराकानी नभएको प्रधानमन्त्री संग भनेको प्रतिक्रिया दिएको छ।ओलीले दही चिउरा खान बोलाएकोबाहेक अरु केही त्यस्तो नरहेको जवाफ दिएको प्रधानमन्त्रीको सचिवालय श्रोतको दाबी छ। यता नेकपा एमाले अध्यक्ष ओलीले सरकारमा सहभागी मन्त्रीलाई छलफका लागि बालकोट बालाएको चर्चा भइरहेको छ। नेपाली कांग्रेसले पधातिकारी बैठक नै बसेर गरेको छलफललाई पनि अर्थपुर्ण रुपमा हेरिएको छ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा