मिन बहादुर खड्का काठमाडौ : मेडिकल व्यावसायि बताउने सामाजिक अभियान्ता दुर्गा प्रसाईले एक हप्ता भित्रै सरकार ढल्ने निश्चित भएको दाबी गरेका छन् । यो संगै उनले शेरबहादुर बालकोट पुग्नुका पछाडि वर्तमान सरकार ढल्न सक्ने राजनैतिक कारण स्पष्ट रहेको बताएका छन् । भ्रष्टाचारका फायलहरु खोलिने डरले ओली र देउवा बीच सत्ता समीकरण हुन लागेको आरोप समेत प्रसाईले लगाएका छन् ।
विभिन्न काण्डका फायल खोल्ने छट्पटीले ओली र देउवा बीच हुने सत्ता सहकार्यले एमाले अध्यक्ष ओलीको प्रधानमन्त्री बन्ने ढोका खोलिनु सरह भएको टिप्पणी पनि प्रसाईंले गरेका छन् । आइतवार आफ्नो सामाजिक सञ्जल फेसवुकम स्टार्टस लेख्दै देउवा र ओली माथि खनिएका प्रसाईले पुर्व गृहमन्त्री नारायण काजी श्रेष्ठको भने प्रसंशा गरेका छन् ।
तत्कालीन गृहमन्त्रीले कांग्रेस एमालेका ठुला भ्रष्टाचारका फायलहरु खोलेर साइजमा राखेकै कारण प्रधानमन्त्री प्रचण्डको पद जोगिएको उनले उल्लेख गरेका छन् । एक अर्काको काण्ड लुकाउन सहकार्य हुन लागेको टिप्पणी उनले गरेका छन् । प्रसाईं गृहमन्त्री रबी लामिछाने माथि पनि खनिएका छन् । रबी आफ्नो सहकारी ठगी प्रकरणबाट उनमुक्ति पाउन प्रचण्ड ओलीको खुट्टा ढोगिरहेको उनले उल्लेख गरेका छन् । रबी लामिछानेले भ्रस्टाचार विरुद्ध अपेक्षा अनुसार कदम उठाउन नसकेको आरोप समेत लगाएका छन् ।
यस्तो छ उनले लेखेको स्टार्टस :
शेरबहादुर बालकोट पुग्नुका पछाडि वर्तमान सरकार ढल्न सक्ने राजनैतिक कारण स्पष्ट छन् ।भुटानी सरणार्थी देखी गिरिबन्दु हुँदै अनेक काण्डमा ओली र आर्जु भाउजूको फाइल खोलिने छट्पटीले ओली र शेरबहादुरको स्वार्थ मिल्नु भनेको ओली प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका खोलिनु हो ।
राजनीति बुझेका पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले र कांग्रेसका अनेकन काण्डका फाइल खोलेर दुबैलाई साइजमा राखिदिए । सोही कारण प्रचण्डको प्रम कुर्सी जोगियो ।
अहिले परिस्थिति समान भएपनि पात्र बदलिँदो छ । रवि लामिछाने सहकारी काण्ड बाट पार पाउन पक्ष-विपक्ष सबैको खुट्टा ढोगिरहेका छन् । राजनीति अनुकम्पा आशीर्वादमा मात्रै टिक्दैन भन्ने कुरा रविले सुरुवाती समय देखी नै बुझ्न सकेनन् । उनका अगाडी कांग्रेस र एमालेका ठुला आलुलाई बिग स्पोर्ट्स हानेर सत्ता टिकाउने र लोकप्रियता कमाउने अबसर थियोे तर अहिले त्यो अबसर बिस्तारै कमजोर बन्दै गएको छ ।
रविले अबसरको सदुपयोग सुरु देखी गर्नु पर्ने थियो तर आज सम्म पनि गर्न सकेका छैनन् ।
यथास्थितिमा सरकारका गृहमन्त्री रविले भ्रष्टाचार विरुद्ध उचित कदम उठाउन सकेनन् भने सरकार हप्ता दिनमै ढल्ने निश्चित छ । त्यसपछि न प्रचण्ड संग प्रधानमन्त्री हुने म्याजिक नम्बर रहन्छ । न रवि लामिछानेको राजनीति सहकारी काण्डको दलदल बाट बाहिर आउँन सक्छ ।
यो विशुद्ध सत्य र धरातलमा उभिएर गरेको टिप्पणी हो । कुनै भक्तको मनमा सुइँ जसरी चोपिन गएमा राम राम मात्रै भन्न सकिन्छ । किनकि भ्रष्टाचार विरुद्ध कुनै ठूलो एक्सन नलिएर आफैं भिर खोज्दै हिडिरहेको रविलाई कसैले काध थाप्न सक्दैन ।



सम्वन्धित समाचार
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
देउवाको पोस्टमा बालेनको कमेन्ट: यो पोस्ट कुन भीपीएनबाट हो