काठमाडौँ: दोलखामा एक महिलाले खोलामा हाम फालेकी छन् । शनिबार दिँउसो ति महिलाले खोलामा हाम फालेकी हुन् । जिल्लाको भिमेश्वर नगरपालिका वडा न. ५ को तामाकोशी नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सत्रुधन कुमार महत्तोले जानकारी दिएका छन् ।
उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय दोलखाबाट ७ जनाको टोली खटिएकोे छ। यो संगै तीन वटा ईलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल तर्फ खटिन गई खोजि कार्य जारी रहेको बताइएको छ। स्थानीय पनि खोजी कार्यमा जुटेका छन् । उनको पहिचान भने नखुलेको सूचना अधिकारी महत्तोले बताएका छन् । उनले के कती कारणले हाम फालेकी हुन भन्ने कुरासमेत खुलेको छैन ।अहिले खोजि भइरहेको बताउदै उनले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित