काठमाडौँ: दोलखामा एक महिलाले खोलामा हाम फालेकी छन् । शनिबार दिँउसो ति महिलाले खोलामा हाम फालेकी हुन् । जिल्लाको भिमेश्वर नगरपालिका वडा न. ५ को तामाकोशी नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सत्रुधन कुमार महत्तोले जानकारी दिएका छन् ।
उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय दोलखाबाट ७ जनाको टोली खटिएकोे छ। यो संगै तीन वटा ईलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल तर्फ खटिन गई खोजि कार्य जारी रहेको बताइएको छ। स्थानीय पनि खोजी कार्यमा जुटेका छन् । उनको पहिचान भने नखुलेको सूचना अधिकारी महत्तोले बताएका छन् । उनले के कती कारणले हाम फालेकी हुन भन्ने कुरासमेत खुलेको छैन ।अहिले खोजि भइरहेको बताउदै उनले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै