काठमाडौं: नेपाली कांग्रेसकी सांसद आरजू राणाले जनताले विश्वास गरेर नै कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएकी छन् । भक्तपुरको सल्लाघारीमा आयोजित रोपाइँ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले हार्दा देशले दुःख पाउनुपरेको सुनाइन् ।
उनले भनिन्, ‘जब हामी हार्छौं, त्यसपछि देशले दुःख पाउँछ । अहिले पनि सत्तामा पुगेपछि कांग्रेसको लडाइँ हुने, फेरि विपक्षमा आएपछि सबै मिल्ने, यो चाहिँ हाम्रो नेताहरुले पनि यसको साइकोलोजी बुझ्नुभएको होला । मैले केन्द्रीय समितिको बैठकमा पनि उठाएँ, हाम्रो सबै कुरा एउटै छ भने एकजुट भएर लागौं । अहिलेसम्म जनताले हामीलाई नै विश्वास गरेका छन् । सबैभन्दा ठूलो पार्टी हाम्रै छ । जनताले दिएको विश्वास जित्दै जाँदा योभन्दा ठूलो पार्टी बनाउन सक्छौं ।’
नेपाली कांग्रेसले नै देशमा उन्नति गर्दै गएको उनले जिकिर गरिन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै