काठमाडौं: नेपाली कांग्रेसकी सांसद आरजू राणाले जनताले विश्वास गरेर नै कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएकी छन् । भक्तपुरको सल्लाघारीमा आयोजित रोपाइँ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले हार्दा देशले दुःख पाउनुपरेको सुनाइन् ।
उनले भनिन्, ‘जब हामी हार्छौं, त्यसपछि देशले दुःख पाउँछ । अहिले पनि सत्तामा पुगेपछि कांग्रेसको लडाइँ हुने, फेरि विपक्षमा आएपछि सबै मिल्ने, यो चाहिँ हाम्रो नेताहरुले पनि यसको साइकोलोजी बुझ्नुभएको होला । मैले केन्द्रीय समितिको बैठकमा पनि उठाएँ, हाम्रो सबै कुरा एउटै छ भने एकजुट भएर लागौं । अहिलेसम्म जनताले हामीलाई नै विश्वास गरेका छन् । सबैभन्दा ठूलो पार्टी हाम्रै छ । जनताले दिएको विश्वास जित्दै जाँदा योभन्दा ठूलो पार्टी बनाउन सक्छौं ।’
नेपाली कांग्रेसले नै देशमा उन्नति गर्दै गएको उनले जिकिर गरिन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?