गुल्मी : गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिका गाउँपालिका– ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर पहिरोले पुर्दा भेषबहादुर, उनकी श्रीमती, जेठी बुहारी र दुई नातिनीको मृत्यु भएको हो ।
भेषबहादुरका तीन छोरा यतिबेला रोजगारका लागि भारतमा छन् । यता उनीहरुको घरपरिवार नै सखाप भएको छ । भारतमै रहेका जेठा छोर बिमल बिकले बाबुआमासहित श्रीमती र दुई छोरी पहिरोमा गुमाएका छन् ।
माइला छोरा सुवास बिककी श्रीमती रोजगारकै लागि भारतमै थिइन् । कान्छा छोरा कृष्ण बिक अविवाहित हुन् । रोजगारीको सिलसिलामा तीन छोरा र एक बुहारी भारतमा रहेका बेला यता भेषबहादुरका पाँच जनाको परिवार पहिरोमा पुरिएका हुन् ।
पहिरोले घर पुर्दा घरमा रहेका ५५ वर्षीय भेषबहादुर, उनकी श्रीमती ४८ वर्षीया सुन्तली बिक, २६ वर्षीया बुहारी सीता बिक, नातिनी आठ वर्षीया सपना र आठ महिनाकी बिपना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
घरमाथिबाट ढुंगा, माटोसहितको पहिरोले ढुङ्गा माटोले बनेको र जस्तापाताले छाएको दुई तले घर पुरेको हो । २ तले टिनले छाएको घर पुरेको हो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै