गुल्मी : गुल्मीमा पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । यो संगै एक जना बेपत्ता भएका छन् ।
मालिका गाउँपालिका(६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर(६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए ।पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेका छन् ।गुल्मीमा शुक्रबार राति अबिरल वर्षा भएको थियो । पहिरोले घर पुरेको शनिबार बिहान मात्रै थाहा भएको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप