काठमाडौ- यूथ एड्भोकेसी नेपालले आयोजना गर्दै आएको यूवा लोकतन्त्र शिविरको ८ औं श्रृंखला ललितपुरको कोटडाँडामा २०८१ असार ११ गते देखी असार १३ गते सम्म सम्पन्न भएको छ । उक्त शिविरमा ३० जना विभिन्न क्षेत्र, विधा र समुदायका यूवाहरुलाई लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय, संघियता, युवा नेतृत्व र सुशासनका बारेमा अभिमुखिकरण गर्ने मुख्य उदेश्यका साथ आयोजना गरिएको थियो ।
यस कार्यक्रमलाई आयोजना गर्न भि.एस.ओ. नेपाल र किओस फाउण्डेशनले सहकार्य गरिएको थियो । तिन दिन सम्म चलेको उक्त आवासीय शिविरमा स्थानिय शासन र त्यहाँको योजना चक्र र यूवाको भुमिका, उदार लोकतन्त्रका चुनौतीहरु र आगामी मार्ग, मानव अधिकार मैत्री यूवा नेतृत्व, सहभागितामुलक लोकतन्त्रका लागि यूवाको नेतृत्व, युवाको वकालत, अभियान र पैरवीमा नेतृत्व लगायतका विषयमा विषय विज्ञहरुबाट सहभागितामुलक समुह कार्य, छलफल तथा पावर प्वाईन्टको माध्यम बाट अभिमुखिकरण गर्ने कार्य भएको छ ।

पहिलो दिनमा मानवअधिकारमा आधारित यूवा नेतृत्वका बारेमा विनय कार्कीले सहजिकरण गर्नु भएको थियो । उनले मानवअधिकारका विभिन्न आयाम र विषयमा सहभागितामुलक छलफल र अन्तरकृयाको माध्यमबाट सेसनको संचालन गरेको थिए । मानव अधिकार विश्वव्यापी सगैँ स्थानिय पनि हुने भएकाले युवाले हरेक काममा मानवअधिकारको आँखाले हेर्न पर्ने उनले बताएका छन् । त्यस्तै दोस्रो दिनको पहिलो सेसनमा उदार लोकतन्त्रका चुनौतीहरु र आगामी बाटोका बारेमा प्रध्यापक डा. उद्धव प्याकुरेलले छलफ
लको सगजिकरण गरेका थिए । उनले लोकतन्त्रको विकासक्रम, यसको आर्थिक आयाम सगैँ नेपालमा यसको अवस्थाको वारेमा चर्चा गरेका थिए । समावेशिता, बालिक मताधिकार र नेपालमा यसको विकासक्रमका बारेमा पनि उनले सहभागितामुलक तरिकाले छलफल संचालन गरेका थिए ।

सहभागितामुलक लोकतन्त्रका लागि यूवाको नेतृत्वका बारेमा नरेन खतिवडाले छलफलको माध्यमबाट सेसन संचालन गरेका थिए । सहभागिले उक्त छलफलमा सामुहिक कार्य गरेर संघियताको पक्ष र विपक्षमा आफ्नो धारणा राखेका थिए । खतिवडाले स्वतन्त्रता र समानता सहितको राजनीतिक व्यवस्था भए मात्र लोकतन्त्र हुने बताए । स्थानिय शासन, योजना चक्र र यूवाको भुमिकाका बारेमा अधिवक्ता गणेश धामीले सेसन संचालन गरेका थिए । उनले स्थानिय तहमा हुने योजना तर्जुमा गर्दा युवा सहभातितालाई प्रोत्साहन गर्दै सबैलाई त्यस प्रकृयामा सकृय सहभाति गर्न प्रत्साहन गरेका छन् ।

निति वकालत, अभियान र पैरवीमा युवा आवाजहरुबारेमा किरण वि.क.र अधिवक्ता गिता चौधरीले छलफलको सहजिकरण गरेका थिए । वकालतको विभिन्न चरणका विषयमा उनीहरुले छलफलको सहजिकरण गरिएको थियो । सहभागिहरुले स्थानिय मुद्धालाई लिएर वकालत र अभियानको बारेका सामुहिक कार्यगर्दै प्रस्तुति गरेका थिए । लगायतका विषय विज्ञहरुबाट सहभागितामुलक समुह कार्य तथा पावर प्वाईन्टको माध्यम बाट अभिमुखिकरण गर्ने कार्य भएको छ । कार्यक्रमको अन्त्यमा सहभागीहरुले यहाँबाट सिकेका कुरालाई आफ्नो स्थानिय क्षेत्रमा लगेर काम गर्ने योजना निमार्ण गरेका थिए । आयोजक संस्थाले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेर युवा लोकतन्त्र शिविरको अन्त्य गरिएको थियो ।



सम्वन्धित समाचार
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
देउवाको पोस्टमा बालेनको कमेन्ट: यो पोस्ट कुन भीपीएनबाट हो