बाजुरा: जिल्लाको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउन थप ६० वटा सडक बत्ति जडान गर्न सुरु गरेको छ।बडीमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार बजारका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरण अन्तरगतको सडक बत्ति जडान गर्न सुरु गरेको हो ।
नगरपालकाका प्रवक्ता धर्मराज पाध्यायका अनुसार नगरपालिकाो आर्थिक सहयोगमा मार्तडी बजारभित्रका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरेर पहिलो पटक ६० वटा विद्युत प्राधिकरणका पोलहरुमा सडक बत्ति जडान गर्ने कामको सूरुवात गरिएको बताइएको छ।
रातिको समयमा मार्तडी बजारलाई उज्यालो बनाउन नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा पुगेका सार्वजनिक ठाउँहरुमा पहिलो पटक ६० वटा सडक बत्ति जडान गर्ने काम सूरुवात गरिएको हो । बजार भित्रका ६० वटा ठाउँमा जडान गरिएका सडक बत्तिबाट खपत भएको युनिट अनुसारको रकम विद्युत प्राधिकरणलाई नगरपालिकाले भुक्तानि गर्ने नगर प्रवक्ता पाध्यायको भनाई छ ।



सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन