बाजुरा: जिल्लाको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउन थप ६० वटा सडक बत्ति जडान गर्न सुरु गरेको छ।बडीमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार बजारका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरण अन्तरगतको सडक बत्ति जडान गर्न सुरु गरेको हो ।
नगरपालकाका प्रवक्ता धर्मराज पाध्यायका अनुसार नगरपालिकाो आर्थिक सहयोगमा मार्तडी बजारभित्रका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरेर पहिलो पटक ६० वटा विद्युत प्राधिकरणका पोलहरुमा सडक बत्ति जडान गर्ने कामको सूरुवात गरिएको बताइएको छ।
रातिको समयमा मार्तडी बजारलाई उज्यालो बनाउन नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा पुगेका सार्वजनिक ठाउँहरुमा पहिलो पटक ६० वटा सडक बत्ति जडान गर्ने काम सूरुवात गरिएको हो । बजार भित्रका ६० वटा ठाउँमा जडान गरिएका सडक बत्तिबाट खपत भएको युनिट अनुसारको रकम विद्युत प्राधिकरणलाई नगरपालिकाले भुक्तानि गर्ने नगर प्रवक्ता पाध्यायको भनाई छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा