बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमीबाट यस वर्षको एसईई परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३. ८० जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् ।
माद्यमिक शिक्षा परिक्षा ९एसइइ० सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको जिपिए भन्दा बढी कसैले ल्याउन सकेका थिएनन् । यस वर्षको एसइइ परिक्षामा बाजुराका सामुदायिक र निजि विद्यालयका तर्फबाट परिक्षामा सहभागि सवै विद्यार्थी भन्दा बढी अंक ल्याएर खड्का प्रथम भएका हुन् ।

बाजुरा जिल्लाभरका सामुदायिक तथा निजि विद्यालयबाट एसइइ परिक्षा दिने ३.६ जिपिए भन्दा माथि अंक ल्याउने ८ जना विद्यार्थी मध्ये खड्का सहित ३ जना क्रियटर जोन एकेडेमीका रहेका छन् । क्रियटर जोन एकेडेमीको पाँचौ व्याजका रुपमा यस वर्षको एसइइ परिक्षामा सहभागि भएका १८ जना विद्यार्थी सवै उत्कृष्ट नतिजा ल्याएर पास भएका छन् ।

क्रियटर जोन एकेडेमीमा पाँचौ व्याजका रुपमा यस वर्षको एसइइ परिक्षामा सहभागि १८ जना विद्यार्थी मध्ये बुढीनन्दा नगरपालिका वडा नम्वर ७ घर भएका किरन खड्का जिल्लामै प्रथम र गौमुल गाउँपालिकाका प्रतिविम्व विक क्रियटरका विद्यार्थी मध्ये दोस्रो र सन्देश लवार तेस्रो भएका छन् ।
बाजुरा जिल्लामा यस वर्षको नियमित तर्फकोे समष्टीगत नतिजा भने ३५।४७ रहेको छ । २०८० चैत महिनामा भएको एसइइ परिक्षाको नजिता २०८१ असार १३ गते सार्वजनिक भएको थियो । क्रियटर जोनले एस वर्षको एसइइ परिक्षामा समावेश भइ उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै खुसियाली मनाउँदै बजार परिक्रमा गरेको छ ।




सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?