बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमीबाट यस वर्षको एसईई परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३. ८० जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् ।
माद्यमिक शिक्षा परिक्षा ९एसइइ० सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको जिपिए भन्दा बढी कसैले ल्याउन सकेका थिएनन् । यस वर्षको एसइइ परिक्षामा बाजुराका सामुदायिक र निजि विद्यालयका तर्फबाट परिक्षामा सहभागि सवै विद्यार्थी भन्दा बढी अंक ल्याएर खड्का प्रथम भएका हुन् ।

बाजुरा जिल्लाभरका सामुदायिक तथा निजि विद्यालयबाट एसइइ परिक्षा दिने ३.६ जिपिए भन्दा माथि अंक ल्याउने ८ जना विद्यार्थी मध्ये खड्का सहित ३ जना क्रियटर जोन एकेडेमीका रहेका छन् । क्रियटर जोन एकेडेमीको पाँचौ व्याजका रुपमा यस वर्षको एसइइ परिक्षामा सहभागि भएका १८ जना विद्यार्थी सवै उत्कृष्ट नतिजा ल्याएर पास भएका छन् ।

क्रियटर जोन एकेडेमीमा पाँचौ व्याजका रुपमा यस वर्षको एसइइ परिक्षामा सहभागि १८ जना विद्यार्थी मध्ये बुढीनन्दा नगरपालिका वडा नम्वर ७ घर भएका किरन खड्का जिल्लामै प्रथम र गौमुल गाउँपालिकाका प्रतिविम्व विक क्रियटरका विद्यार्थी मध्ये दोस्रो र सन्देश लवार तेस्रो भएका छन् ।
बाजुरा जिल्लामा यस वर्षको नियमित तर्फकोे समष्टीगत नतिजा भने ३५।४७ रहेको छ । २०८० चैत महिनामा भएको एसइइ परिक्षाको नजिता २०८१ असार १३ गते सार्वजनिक भएको थियो । क्रियटर जोनले एस वर्षको एसइइ परिक्षामा समावेश भइ उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै खुसियाली मनाउँदै बजार परिक्रमा गरेको छ ।




सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने