गायक प्रकाश थापाको लोकदोहोरी गीत “मायाकै आराधना गर्छु” सार्वजनिक, (भिडियो सहित)



मिन बहादुर खड्का काठमाडौं : कर्णप्रीय आवाज भएका बाजुराका देउडा गायक प्रकाश थापाको लोक दोहोरी गीत “मायाकै आराधना गर्छु” सार्वजनिक भएको छ । बुधबार खप्तड डिजिटल म्युजिक युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। गीतमा थापालाई स्वरमा सुनिता बुढाक्षेत्रीले साथ दिएकी छन् । गीतको लय थापाकै रहेको छ भने शव्द गीतकार तथा साहित्यकार राजेन्द्र शाह बिपीले गरेका छन् ।

यस्तै गीतको एरेन्ज बिनाेद बाजुरालीले गरेका छन् भने गीतमा अभिनय टेक बहादुर बिष्ट र सञ्जिता शाहीले गरेकी छन् । गीत मालाश्री रेकर्डिङ स्टडियोमा गरिएको थियो । विशेष गरी देउडा ठाडी भाकामा आफ्नो कर्णप्रीय आवाज दिएर सबैको मनमुटुमा बसेका थापाले यस अघि पनि लोकदोहोरी गीतमा आवाज दिएका छन् । थापा भन्छन् यस अघि पनि ” दुई तिन वटा गीतहरु आवाज दिएपनि तर साँघुराे बजार अनि पस्चिमेली देउडा ठाडी भाका नै गाउँने भएकाले त्यति सारो मार्केट बनाउन सकिएन” याे गीत भने निकै महत्वआकांक्षा राखेर बनाएको थापाले बताएका छन् ।

यो गीत नेपाली गीत सांगीतिक क्षेत्रमा चर्चा बटुलिसकेकाहरुको संलग्नतामा बनेको छ । गीतको टिममा सहभागी सबै जना आआफ्नो क्षेत्रमा राम्रो छवी भएका कलाकारहरु हुन् । यो गीतलाई धेरै दर्शकहरुले माया गर्ने अपेक्षा थापाको छ । वर्तमान समय अनुकुल परिवेश सुहाउँदो शब्द रचना गरेको गीतकार तथा साहित्यकार राजेन्द्र शाह बिपीले बताएका छन् । करिब १ हजार बढी विभिन्न बिधाका गीतहरूको शब्द रचना गरिसकेका शाह पनि यो गीतले गायक थापालाई नेपाली सांगीतिक क्षेत्रमा थप परिचित गराउन सहयोग पुग्ने बताउन्छन् ।

सुदुरपश्चिमको देउडा गितका राजा भनेर चिनिने थापा सुदुरको सान बाजुराको पहिचान हुन् । गायक थापा सबैको लोकप्रिय देउडा गायक हुन् । ठाडी भाका संगै देउडा भाका गाउने थापा सुदुरपश्चिम् वासिको मन मुटुका ढुकढुकी हुन् । थापाले गायका गितहरु नसुन्ने बिरलै होलान् । विशेष गरेर बुढापाखा देउडा पारखीहरुका रोजाइका गायक पनि हुन् ।

विशेष गरि उनले सुनाएका ठाडी भाका गीतहरू सुन्ने मात्र हो भने पनि जोकोहिको आखा रसाउन्छ । २०५७ सालबाट सुदुरपश्चिम् बिकटै भएनी सम्झना छ मै मरी गएनी नामक देउडा गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थापाले आफ्नो दुई दशक भन्दा लामो सांगीतिक यात्रामा करिब ७०० बढी गीतहरुमा आवाज दिसकेका छन् ।

मान्छेको परानी करकली पातको पानी, आगो सल्किगयो, गंगीका किनार, पहेंली धानका बाला शिबरात्री मेला, बासनपुरी धान, सेती महाकाली लगायतका थुप्रै गीतहरु गाएर तत्कालीन समयमा चर्चा बटुलेका थापा हाल सम्म पनि उत्तिकै चर्चा कमाउन सफल छन् । पेशाले शिक्षक समेत रहेका थापाको गीत संगीत क्षेत्र प्रतिको लगाव पनि कहिले कम भएन ।

बरु आफ्नो सांगीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेका थापाका पछिल्लो समयमा बिरशपती तारा, बाजुरा बैकुण्ठ रैछ, रुन्या मन बुझाई जा, लगायतका गितहरु चर्चामा छन् । रेल गाडी लेट भया नामक देउडा गीत पनि यतिबेला सबैको रोजाईमा परेको गीत सर्वाधिक बजारमा छ । यो गीतले पनि उत्तिकै चर्चा पाएको छ । उनको केही समय अगाडी सार्वजनिक भएको तारा मदुराई छन् नामक गीतले पनि निकै चर्चा पाएको थियो ।

यो भिडियो हेर्नुहोस्!

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.