काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन वेडोङ्ग नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
चिनियाँ उपविदेशमन्त्री तीन दिने भ्रमणका लागि १० असारमा काठमाडौं आएका थिए । उनी नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी भएका थिए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता पनि गरेका थिए ।
भेटघाटमा नेपाल-चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ । उक्त भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रही आएको सहयोगका लागि उनले धन्यवाद दिएका छन् ।
चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आजै स्वदेश फर्किसकेको छ ।



सम्वन्धित समाचार
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै