काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन वेडोङ्ग नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
चिनियाँ उपविदेशमन्त्री तीन दिने भ्रमणका लागि १० असारमा काठमाडौं आएका थिए । उनी नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी भएका थिए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता पनि गरेका थिए ।
भेटघाटमा नेपाल-चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ । उक्त भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रही आएको सहयोगका लागि उनले धन्यवाद दिएका छन् ।
चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आजै स्वदेश फर्किसकेको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप