मिन बहादुर खड्का काठमाडौं : सप्तरीमा एक दलित समुदायको परिवार माथि सामुहिक रुपमा कुटपिट भएको घटना बाहिरीएको छ । घटना गत असर १ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न . ६ फत्तेपुल तोलमा दिउँसो १:३० बजे भएको हो ।
पास्मान समुदायका महिला पुरुष माथि निर्घात कुटपिट भएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध समेत जनाएका छन् । यो बिषयमा आइतबार बिहान ११ बजे काठमाडौंको अनामनगर स्थित सम्बाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउने तयारी समेत भैरहेको एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष दर्शन नेपालीले जानकारी दिएका छन् ।
)सनिबार )आज जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र सयुक्त दलित अधिकार मञ्च नेपालले सयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै घटना प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पास्मान समुदायका महिला पुरुष माथि भएको कायरतापुर्ण सांघातिक आक्रमणको घोर भत्सर्ना सयुक्त रुपमा गरेका छन् । यो घटनाको बिषयमा सबै दलित अधिकारकर्मीहरु एक ठाउँमा उभिएका छन् ।
घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन दबाब दिने क्रान्तिकारी संगठनहरु एकिबद्धता जनाएका छन् ।विगत २० वर्ष देखी सरकारी एलानी जग्गामा बस्दै आइरहेका प्रीतम पास्मानको परिवा माथि सोही ठाउँका रोशन यादव, हरी सुदन यादव, निरज यादव, राम यादव, विवेक यादव,ऋषी यादव प्रीतम यादव, रोहित यादव लगायतका झण्डै १०/१२ जनाको समुहले एउटै परिवार माथि सांघातिक आक्रमण गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
भौतिक आक्रमणमा उत्रिएको उक्त समुहले खुकुरी लाठी, फलमाका रड र चिरफट लगायतका घरेलु हतियार सहित घरमा बसिरहेका प्रीतम, पासमान, सुमन देवी पास्मान, रन्जिता पास्मान,सरिता देबी पास्मान,रितु देवी पास्मान र राखी पास्मान लगायका व्यक्ति माथि सामुहिक कुटपिट गरेको पनि प्रेस बिज्ञप्तीमा भनिएको छ । उनीहरुले अन्धाधुन्ध घर भत्काउनुका साथै जातीय विभेद हुने खालका अपशब्द प्रयोग गर्दै गाली समेत गरी ज्यानै लिने उदेश्य सहित भएको कुटपिटको भएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
पीडित परिवारले जाहेरी दर्ता गर्न जाँदा घटनामा संलग्नलाई उल्टै बचाउने षड्यन्त्र भएको दलित अधिकारकर्मी दर्शन नेपालीले बताएका छन् ।कथित नेपालको संविधानको धारा ४० को ५ मा दलित समुदायको भुमी सम्बन्धि हकको व्यवस्था गरिएको भएपनि कथित जात व्यवस्थाको आवरणमा सुकुम्बासी समुदाय माथिको कायरतापुर्ण घटनाको मुख दर्शक रमिते दलाल संसदीय सस्था र सत्ताको गृह प्रशासनलाई गम्भीर ध्यानाकर्षण गराउदै पीडित परिवारलाई शान्ति सुरक्षाको पुर्ण ग्यारेन्टीका साथ घटनामा संलग्नलाई यथासिघ्र गिरफ्तार गरी कानुनी कारबाही गर्न, घाइतेहरुको सम्पुर्ण उपचारको जिम्मा लिन र सम्पुर्ण क्षतीपुर्तीका लागि जोडदार माग गर्दछौँ प्रेस वक्तव्यमा उल्लेख छ । दलित समुदाय माथि हुने कुनै पनि विभेदका घटनामा जस्तो सुकै मुल्य चुकाउन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
आइतबार पत्रकार सम्मेलन गरिदै:




सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’