काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू बैठकमा पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्ने, प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शिर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेकाे छ ।
डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्ने, ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्ने, विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूचि रहेको छ ।
साथै मन्त्रालयमामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूचि छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप