काठमाडौं : अछाममा छाउगोठमा बसेकी एक १६ वर्षीय बालिका बालिका माथि बलात्कार भएको छ । मंगलबार बेहोस् अवस्थामा भेटिएकी बालिका माथि बलात्कार भएको खुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले दिएको जानकारी अनुसार किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताइएको छ ।
उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले बताएका छन् ।उनकाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।
दुर्गममा अझै पनि छाउपडी पर्था व्याप्त छ । महिनाबारी हुँदा घर आगन छुइन्छ देबी देउता रिसाउन्छन् भन्ने अन्धबिश्वास अझै जरो गाडेर बसिरहेको छ । परपरादाती चिन्तनका कारण शिक्षित बर्गहरु भनिने मानिसहरु पनि यसबाट मुक्त हुन सकेक छैनन् ।यहीँ अन्धबिश्वासक कारण कयौं किशोरी तथा महिलाहरुको ज्यान जोखिममा हुने गरेको छ। छाउगोठमै निसास्सिएर, सर्पले टोकेर तथा बलात्कारको सिकार हुने गरेका छन् ।
बिशेश गरी सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले महिना वारी र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ।
यस्तो गोठलाई ‘छाउपडी कुडी’ भनिन्छ।छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ। छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक-पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्।
विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन्। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हुन्छ।छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास रहेको छ। सुत्केरी तथा रजश्वला भएकी नारीलाई झन सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनु पर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारी समेत रजस्वला हुँदा घरका गाई-भैँसीको दूध खाँदैनन्। यस्तो बेलामा घरमा पालेको गाई-भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ।
अहिले भने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न सामाजिक सङ्घ/संस्थाहरू आन्दोलनमा उत्रेका छन्।परम्परागत जनविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कुलदेवता चोख्याउनेजस्ता चलन छ।
प्राचीनकालदेखि चलिआएको परम्परालाई लत्याएर महिलाहरू महिनावारी तथा सुत्केरी भएको अवस्थामा छुईछाई गरेमा, घरका कुलदेवता रिसाउने र परिवारमा हानी नोक्सानी पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ। तर यो अन्धविश्वास हो।छाउपडी प्रथाका कारण विभिन्न विकृतिहरू देखा पर्ने गरेका छन्।
जस्तो कि छाउपडी बसेका बेला बलात्कार हुने। सर्पले टोकेर मर्ने लगायतका घटनाहरू विभिन्न सञ्चार माध्यमबाट सुन्नमा आउँछन्। कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने गरेका छन्।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत