बाजुरा : बाजुरामा कृषकलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम अन्तर्गत पहिलो चरणमा बुढिनन्दा नगरपालिका वडा नम्बर–३ नुरिका ३० जना कृषकलाई उन्नत जातका बाख्रा वितरण गरिएको हो ।
बुढीनन्दा नगरपालिका ३ मा गठित थिमकोट बाख्रा पालन समूहका ३० जना कृषकहरूलाई प्रति व्यक्ति २ बाख्राका दरले ६० वटा उन्नत जातका बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले जनाएको छ।
कृषकहरूको आयआर्जनमा वृद्धि गराउने उद्देश्य सहित बृहत् उत्पादन कार्यक्रम मार्फत खरी क्रस जातका ३० वटा बाख्रा र जमुना जातका ६ वटा बोका वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशिले बताउनुभयो।
उहाँका अनुसार बाजुराका पशुपालक कृषकहरूलाई व्यावसायिक पशुपालन तर्फ आकर्षण गराइ आयआर्जनमा वृद्धि विस्तारका लागि वृहत् उत्पादन कार्यक्रम द्वारा करिब ७ लाख २० हजारका बाख्रा र १ लाख ४० हजारका ६ वटा बोका वितरण गरिएको हो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै