बाजुरा : बुढिगंगा नगरपालिकामा कृषी मेला प्रदर्शनी कार्यक्रम सम्पन भएको छ । कृषि शाखाको आयोजनामा उक्त कृषि मेलाको कार्यक्रम सम्पन गरिएको हो । कृषि मेलामा प्रदर्शनी गरिएका विभिन्न कृषि उपजहरु राखिएको थिए । कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरण र उत्पादनमा जोड दिन कृषि मेलाको आयोजना गरिएको नगरप्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
उनका अनुसार कृषि मेलामा नगरपालिका कृषकहरुले उत्पादन गरेको रैथाने बालीहरुमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका वस्तुहरु पदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा राखिएका उत्कृष्ट बस्तुहरु उत्पादन गरेका कृषकहरुलाई पुरस्कृत समेत गरिएको छ । कृषकले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गर्ने र उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने गरी स्थानीय तहमा कृषि मेला प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख बाँनियाले बताएका छन् ।
कृषि शाखा कार्यालयले आयोजना गरेको प्रदर्शनी कार्यक्रममा लिबर्ड, गिफ्ट नेपाल बाजुरा, डब्लुएपी लगाएतको गैरसरकारी संस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राम बहादुर बानिया रहेका थिए । बिशिष्ठ अतिथि नगर उपप्रमुख माया कुवर खड्का, जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख, ससस्त्र प्रहरी वलका प्रमुख कृषि ज्ञान केन्द्र बाजुराका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
किनारा न्यूजबाट



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?