बाजुरा : बुढिगंगा नगरपालिकामा कृषी मेला प्रदर्शनी कार्यक्रम सम्पन भएको छ । कृषि शाखाको आयोजनामा उक्त कृषि मेलाको कार्यक्रम सम्पन गरिएको हो । कृषि मेलामा प्रदर्शनी गरिएका विभिन्न कृषि उपजहरु राखिएको थिए । कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरण र उत्पादनमा जोड दिन कृषि मेलाको आयोजना गरिएको नगरप्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
उनका अनुसार कृषि मेलामा नगरपालिका कृषकहरुले उत्पादन गरेको रैथाने बालीहरुमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका वस्तुहरु पदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा राखिएका उत्कृष्ट बस्तुहरु उत्पादन गरेका कृषकहरुलाई पुरस्कृत समेत गरिएको छ । कृषकले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गर्ने र उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने गरी स्थानीय तहमा कृषि मेला प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख बाँनियाले बताएका छन् ।
कृषि शाखा कार्यालयले आयोजना गरेको प्रदर्शनी कार्यक्रममा लिबर्ड, गिफ्ट नेपाल बाजुरा, डब्लुएपी लगाएतको गैरसरकारी संस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राम बहादुर बानिया रहेका थिए । बिशिष्ठ अतिथि नगर उपप्रमुख माया कुवर खड्का, जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख, ससस्त्र प्रहरी वलका प्रमुख कृषि ज्ञान केन्द्र बाजुराका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
किनारा न्यूजबाट



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य