अत्याधिक वर्षाले नेपाली टोलीको वेस्ट इन्डिज जान सकेन



काठमाडौँ : आइसिसी टी(२० विश्वकप २०२४ अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको नेपाली टोली फ्लोरिडामै रोकिएको छ।

फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो।

तर लगातार वर्षा भएपछि नेपाली टोली फ्लोरिडामै रोकिएको छ।

अब नेपाली टोली स्थानीय समयअनुसार बुधबार बिहान वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जानेछ। सेन्ट भिसेन्टमा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगादेशसँग खेल्नेछ।

फ्लोरिडामा लगातार वर्षा हुँदा नेपाल र श्रीलंकाबीचको खेल समेत रद्द भएको थियो।

सो खेलका लागि अमेरिका तथा अन्य देशबाट फ्लोरिडा आएका कतिपय समर्थकको फ्लाइट पनि प्रभावित बनेका छन्। कसैको फ्लाइट एक दिन सरेको छ भने कतिपयको ढिला गरी उडान भएका छन्।

फ्लोरिडामा बुधबार दिनभर पानी परेको थियो। दक्षिण फ्लोरिडाका केही भागमा बुधबार बाढी समेत आएको थियो। बारम्बार मुसलधारे वर्षा हुँदा सडकहरू पानीले भरिएका छन्।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले ब्रोवार्ड, मायामी(डेड, कोलियर र हेन्ड्री काउन्टीका केही भागहरूमा बिहीबार बिहानसम्म बाढीको चेतावनी दिएको छ। यस्तै बुधबार भने साँझ बाढीले जोखिम हुन सक्ने चेतावनी दिएको छ।

‘धेरै क्षेत्रहरू पानीले डुबानमा परेका छन्, कार रोकिएका छन्’ मौसम सेवाले भनेको छ, ‘सम्भव भएमा सडकबाट टाढा रहनुहोस्।’

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.