काठमाडौँ : आइसिसी टी(२० विश्वकप २०२४ अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको नेपाली टोली फ्लोरिडामै रोकिएको छ।
फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो।
तर लगातार वर्षा भएपछि नेपाली टोली फ्लोरिडामै रोकिएको छ।
अब नेपाली टोली स्थानीय समयअनुसार बुधबार बिहान वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जानेछ। सेन्ट भिसेन्टमा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगादेशसँग खेल्नेछ।
फ्लोरिडामा लगातार वर्षा हुँदा नेपाल र श्रीलंकाबीचको खेल समेत रद्द भएको थियो।
सो खेलका लागि अमेरिका तथा अन्य देशबाट फ्लोरिडा आएका कतिपय समर्थकको फ्लाइट पनि प्रभावित बनेका छन्। कसैको फ्लाइट एक दिन सरेको छ भने कतिपयको ढिला गरी उडान भएका छन्।
फ्लोरिडामा बुधबार दिनभर पानी परेको थियो। दक्षिण फ्लोरिडाका केही भागमा बुधबार बाढी समेत आएको थियो। बारम्बार मुसलधारे वर्षा हुँदा सडकहरू पानीले भरिएका छन्।
अमेरिकाको राष्ट्रिय मौसम सेवाले ब्रोवार्ड, मायामी(डेड, कोलियर र हेन्ड्री काउन्टीका केही भागहरूमा बिहीबार बिहानसम्म बाढीको चेतावनी दिएको छ। यस्तै बुधबार भने साँझ बाढीले जोखिम हुन सक्ने चेतावनी दिएको छ।
‘धेरै क्षेत्रहरू पानीले डुबानमा परेका छन्, कार रोकिएका छन्’ मौसम सेवाले भनेको छ, ‘सम्भव भएमा सडकबाट टाढा रहनुहोस्।’



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य