प्रतिनिधिसभाको बैठक आज पनि बस्दै



काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने छ। प्रतिनिधिसभामा हिजोबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको हो।

आज सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा सांसदहरु प्रेम सुवाल, अमरेश कुमार सिंह, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन्।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.