बाजुरा : नेकपा एमाले गौमुल गाउँ कमिटीको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । गाउँ कमिटीको दोस्रो अधिवेशनबाट एमाले गौमुल गाउँ कमिटीको अध्यक्षमा मोहन रोकाया सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै कमिटीको उपाध्यक्षमा विरेन्द्र बोहरा, सचिवमा धन बहादुर बोहरा, उपसचिवमा कलक बहादुर रोकाया र निर्मला बोहरा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
सोमबार गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजना गरिएको अधिवेशनबाट ५ जना पदाधिकारी सहीत ७५ जना सदस्यीय समिति गठन गरिएको हो । कमिटीको लेखा समिति पनि चयन गरिएको छ । जसको अध्यक्ष चन्द्र बहादुर रोकाया चयन भएका छन् । रोकायाको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै