बाजुरा : नेकपा एमाले गौमुल गाउँ कमिटीको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । गाउँ कमिटीको दोस्रो अधिवेशनबाट एमाले गौमुल गाउँ कमिटीको अध्यक्षमा मोहन रोकाया सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै कमिटीको उपाध्यक्षमा विरेन्द्र बोहरा, सचिवमा धन बहादुर बोहरा, उपसचिवमा कलक बहादुर रोकाया र निर्मला बोहरा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
सोमबार गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजना गरिएको अधिवेशनबाट ५ जना पदाधिकारी सहीत ७५ जना सदस्यीय समिति गठन गरिएको हो । कमिटीको लेखा समिति पनि चयन गरिएको छ । जसको अध्यक्ष चन्द्र बहादुर रोकाया चयन भएका छन् । रोकायाको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा