काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै बजेट विनियोजन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले उक्त अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताए। उनले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गरे ।
सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै संघीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले आउने असारको १ गतेको बजेटमा अस्पताललाई संवोधन गर्न पनि आग्रह गरेका छन् ।
बयलपाटा अस्पताल बाजुरा, अछाम र डोटीका अधिकांश विरामीको ज्यान बचाउने अस्पतालका रुपमा स्थापित छ । विरामीले उपचारका लागि भरोसा समेत बयालपाटाकै गर्ने गरेका छन् । यो अस्पताल विगत केही वर्षदेखि विदेशी दाताले सहयोग घटाएपछि व्यवस्थापनको चुनौति सामना गरिरहेको छ । आर्थिक व्यवस्थापनको मागलाई लिएर पाण्डेले संसदमै आवाज उठाएका हुन् ।



सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन