धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले मन्त्री मण्डलबिस्तार गरेको छ। सोमबार प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री मण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री सोडारीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
सोडारीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट ३, ३ जना, एक जना एकीकृत समाजवादीका सांसदलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् ।
त्यस्तै उनले एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।मुख्यमन्त्री सोडारीले स्वतन्त्र सांसद डा।तारा जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारीमा थिए । तर उनले मन्त्री पद अस्वीकार गरेको स्रोतले बताएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले एक कार्यक्रमबिच सातै जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सुदूरपश्चिममा यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री र टीका थापालाई भूमि व्यवस्था कृषि सहकारी मन्त्रीमा नियुक्त भैसकेका छन् ।योसँगै सुदूरपश्चिममा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या १० पुगेको छ ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य