काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार दिउँसो आधा घण्टाका लागि बन्द गरिने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरिने भएको छ । हवाई उडान, सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बन्धित अभ्यास गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।
विमानस्थल वरिपरिको आकाशमा धुवा साथै दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स तथा अन्य गतिविधिको अभ्यास गरिने बताइएको छ । विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको मापदण्ड र एयरपोर्ट इमजेन्सी प्लानअनुसार उक्त कार्य गर्न लागिएको हो ।



सम्वन्धित समाचार
कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता