काठमाडौं: बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ बिर्सैन स्थित बडिमालिका आधारभूत बिद्यालयका सय जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सामाग्री सहयोग गरिएको छ ।

सामाजिक अभियान्ता रिता शाही सहितको टोली बिद्यालयमै पुगेर स्कुल ब्याग र स्टेसनरी सामग्री सहयोग गरिएको हो। अभियान्ता शाहीले दिएको जानकारी अनुसार १ सय जना विद्यार्थीलाई स्कुल ब्याग कपी लगायतका स्टेसनरी सामाग्री सहयोग गरिएको बताइएको छ । युके निवासी समाजसेवी पुष्पा राईकाे आर्थिक सहयोगमा उक्त बिद्यार्थीलाइ सहयोग गरिएको शाहीले जानकारी दिएकी छन् ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी सामाजिक अभियान्ता रीता शाही र नेपाली कांग्रेसका उपसभापति नारायण राज पाध्यायकाे अनुरोधमा पुष्पा राइले सहयोग गरेको अभियान्ता शाहीले बताएकी छन् । उक्त स्कुल ब्याग र स्टेसनरी गरिव तथा जेहेन्दार बिद्यार्थीलाइ हस्तान्तरण गरिएको हो। विगत लामो समय देखि देशभरका विभिन्न जिल्लामा आफु समस्यामा पर्दा पनि सहयोग गर्दै आएकी समाजसेवी पुष्पा राइले बाजुरामा पनि याे भन्दा पहिले पनि धेरै पटक विभिन्न क्षेत्रमा सहयोग गरिसकेकी छन् ।

उक्त स्कुल ब्याग स्टेसनरी सहयोग सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस बाजुरा जिल्ला कार्यसमिति उप सभापति नारायण राज पाध्याय महाधिवेशन प्रतिनिधि सुनिता, वडा सदस्य अङ्गराज पाध्याय, बिद्याकयका शिक्षक , बिद्यालय व्यवस्थापन समितिका पधातिकारी लगायतको उपस्थिति रहेको थियो । थियो ! बिद्यालयका प्रधानाध्यापक विस्ना पाध्याले बिद्यालयलाई सहयोग गर्ने पुष्पा राइलाई धन्यवाद दिएकी छन् ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने