काठमाडौं: बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ बिर्सैन स्थित बडिमालिका आधारभूत बिद्यालयका सय जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सामाग्री सहयोग गरिएको छ ।

सामाजिक अभियान्ता रिता शाही सहितको टोली बिद्यालयमै पुगेर स्कुल ब्याग र स्टेसनरी सामग्री सहयोग गरिएको हो। अभियान्ता शाहीले दिएको जानकारी अनुसार १ सय जना विद्यार्थीलाई स्कुल ब्याग कपी लगायतका स्टेसनरी सामाग्री सहयोग गरिएको बताइएको छ । युके निवासी समाजसेवी पुष्पा राईकाे आर्थिक सहयोगमा उक्त बिद्यार्थीलाइ सहयोग गरिएको शाहीले जानकारी दिएकी छन् ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी सामाजिक अभियान्ता रीता शाही र नेपाली कांग्रेसका उपसभापति नारायण राज पाध्यायकाे अनुरोधमा पुष्पा राइले सहयोग गरेको अभियान्ता शाहीले बताएकी छन् । उक्त स्कुल ब्याग र स्टेसनरी गरिव तथा जेहेन्दार बिद्यार्थीलाइ हस्तान्तरण गरिएको हो। विगत लामो समय देखि देशभरका विभिन्न जिल्लामा आफु समस्यामा पर्दा पनि सहयोग गर्दै आएकी समाजसेवी पुष्पा राइले बाजुरामा पनि याे भन्दा पहिले पनि धेरै पटक विभिन्न क्षेत्रमा सहयोग गरिसकेकी छन् ।

उक्त स्कुल ब्याग स्टेसनरी सहयोग सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस बाजुरा जिल्ला कार्यसमिति उप सभापति नारायण राज पाध्याय महाधिवेशन प्रतिनिधि सुनिता, वडा सदस्य अङ्गराज पाध्याय, बिद्याकयका शिक्षक , बिद्यालय व्यवस्थापन समितिका पधातिकारी लगायतको उपस्थिति रहेको थियो । थियो ! बिद्यालयका प्रधानाध्यापक विस्ना पाध्याले बिद्यालयलाई सहयोग गर्ने पुष्पा राइलाई धन्यवाद दिएकी छन् ।



सम्वन्धित समाचार
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
ओलीलाई बयान दिन पत्र काट्दैछौँ, अध्यक्ष कार्की
कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपको हल बुकिङ
सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु
अंग्रेजी नयाँ वर्ष सन् २०२६ आजबाट शुरु