मिन बहादुर खड्का काठमाडौं : “कपाल पनि दुई चुल्ठी बानेकी, गीत गाउँन नी कति हो जानेकी” “मौरी रसैँमा” “यत्तिको खुबी त छैन कसैमा” बैतडीको गाउँघरमा गाया हो, तम्रै माया पाएर आया हो मौरी रसैमा यो गीत यतिबेला रातारात भाइरल छ । सामाजिक सञ्जाल टिकटक फेसवुक इन्स्ट्राग्राममा यो गीतका टुक्काहरु निकै भाइरल छन् । बैतडीबाट गीत रेकर्ड गर्नका लागि काठमाण्डौँ आएकी कल्पना बिष्ट र अर्जुन सापकोटाको पहिलो गीत बिहीवार मात्रै सार्वजनिक भएको थियो । सार्वजनिक भएको २४ घण्टा नबित्दै रातारात यो गीतले सार्वाधिक चर्चा बटुलेको छ ।
२४ घण्टा नबित्दै सार्वधिक दर्शकहरुले रुचाएको अर्जुन सापकोटा संग बाल गायीका कल्पना बिष्ट्ले गाएको यो गीतलाई झन्डै साढे ४ लाखल्र हेरिसकेका छन् । सम्भवत अहिलेसम्म कुनै पनो गीतहरि यसरी रातारात भाइरल भएको पाइदैन यति भएका छन् भनेपनि धेरै कम मात्रामा भएका छन् । गीत लोकदोहोरी गीत मौरी रसैँमा दर्शकगरुले हेर्ने क्रम उकालो लाग्दै गएको छ । गायक अर्जुन सापकोटाका कयौं गीतहरु हिट यस अघि पनि भैसकेका छन् । पछिल्लो समयमा गायन क्षेत्रमा सार्वाधिक लोकप्रिय गायक अर्जुन सापकोटाको यो गीतलाई पनि धेरैले हेर्ने संकेत देखा परिसकेको छ ।
गायक अर्जुन सापकोटाका बनकी चरी,डाडैको टुनी सम्झिदिए हुनी, पानी परेको, बस्यौं अलग्गै, कती राम्रो जुल्फी,नसोध पिर के हो लगायतका दर्जनौं गीतहरुले सार्वाधिक चर्चा बटुलेका छन् । गायक सापकोटाको अहिलेसम्मकै हिट गीत बनकी चरी गीतलाई करिब एक करोड २० लाख दर्शकले हेरेका छन् । उनका अन्य गीतहरु पनि त्यत्तिकै सार्वाधिक चर्चामा छन् । छोटो समयमा नेपाली गीत साङीतीक क्षेत्रमा चर्चा बटुल्न सफल गायक साफकोटा संग स्वर दिएकी बाल गायीका कल्पना बिष्ट्को पनि गीत सांगीतिक यात्रा सुन्दर र उज्ज्वल बन्ने निश्चित जस्तै छ ।
अर्जुन सापकोटा र कल्पना विष्टको स्वरमा रहेको यो गीतमा लय अर्जुन सापकोटा र शब्द रबीन लामिछानेको रहेको छ । उक्त गीतको म्युजिक एरेन्ज कृष्ण बिकको रहेको छ। स्टुडियो मारूनीमा रेकड भएको गीतलाई खुमन राना र सुमन रानाले रेकडिङ्ग गरेका छन् भने कुमार रानाले मिक्सिङ्ग गरेका छन् । काजिश श्रेष्ठको निर्देशन गरेका छन् । नबराज उप्रेतीको क्यामरा बाट तयार भएको भिडियोलाई मिलन बि .कले सम्पादन गरेका छन् भने स्वस्तिक श्रेष्ठको मेकअप रहेको छ
भिडियोमा अर्जुन सापकोटा,कल्पना विष्टको दमदार डान्स समेत रहेको छ। पत्रकार भोजराज थापाले बैतडीमै पुगेर कल्पना बिष्टलाई गीत रेकर्डका लागि काठमाडौं ल्याएका थिए। गीत रेकर्ड पनि गर्ने र काठमाडौंमै पढाउने उदेश्य सहित कल्पनालाई काठमाडौं ल्याइएको थियो ।तर हिजो भने यो बिषयमा केही बिवाद भएको थियो । अन्ततः विवाद समाधान भैई कल्पना अब आफ्नै फुपुको साथमा बसेर काठमाडौंमा बसेर पढ्ने भएकी छन् । उनलाई काठमाडौंमा पढाउनका लागि भोजराज थापाको जिम्मा लगाएर कल्पनाका आमाबुवाले घरबाट पठाएपनि अन्ततः नबसाउने र कल्पनाका बुवाले छोरीलाई जे गरेपनि म आफ्नै तरिकाले गर्छु भनेपछि पत्रकार भोजराज थापाले असन्तुष्टि जनाएका थिए।
यतिमात्र होईन पत्रकार थापाले बाल गायक सुप्रीम मल्ल ठकुरीका बुवाले नै उचालेर यस्तो गर्न लगाएको भन्दै सामाजिक सञ्जालमा सुप्रीमका बुवा कृष्ण मल्ल ठकुरीलाई लक्षित गर्दै स्टार्टस लेखेपछि विवाद थप उत्कर्षामा पुगेको थियो । त्यसपछि सुप्रीमका बुवाले भोजराजको स्टार्टसको खण्डन गर्दै आफु माथि मिथ्या आरोप लगाएको प्रतिक्रिया दिएका थिए । यो बीचमा कल्पनालाई उनका बुवाले घर लैजाने भनेपछि उनको आलोचना समेत दिनभर निकै भयो । तर बेलुका गीत सार्वजनिक भैसकेपछि भने कल्पनाका बुवा सुप्रीमका बुवा कृष्ण मल्ल ठकुरी र पत्रकार भोजराज थापा बीच सहमति भएर कल्पनालाई काठमाडौमै पढ्ने गरी फुपुको जिम्मा लगाइएको छ । पत्रकार भोजराज थापाले आबेगमा स्टार्टस लेखेको भन्दै शंकाको भरमा यस्तो सोच्नु भुल भएको स्वीकार गरेका छन् । कल्पनाका परिवार संगको विवाद समाधान भएपनि यता पत्रकार महेश जोशी र पत्रकार भोजराज थापा बीच भने दोहोरी चलिरहेको छ ।
सम्वन्धित समाचार
गणतन्त्रको पक्षमा एमालेले घोषणा गर्यो जनप्रदर्शन र विशेष सभा, कहिले कहाँ ?
आठ महिनामा १३ खर्बको वैदेशिक व्यापार– ९ खर्ब ८७ अर्ब घाटा
विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धि कार्यशाला सम्पन्न
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा लहर देखिएको भन्दै प्रचण्ड उत्साही
आजदेखि एसईई परीक्षा सुरू ५ लाख बढी विद्यार्थी सहभागी
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसदबाटै मागे माफी