जनकपुरधाम । मधेश प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण समारोह आजै मध्यान्ह १२ बजेका लागि तय गरेको छ । मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो ।
नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । साथै सात मन्त्रीले पनि आजै शपथग्रहण लिने बुझिएको छ ।
केहिबेर अगाडी मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमत्री नियुक्त गर्न दावी पेश गरेको थियो ।
सरकार बनाउन लागेका दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागिसकेको छ ।



सम्वन्धित समाचार
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित