जनकपुरधाम । मधेश प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण समारोह आजै मध्यान्ह १२ बजेका लागि तय गरेको छ । मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो ।
नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । साथै सात मन्त्रीले पनि आजै शपथग्रहण लिने बुझिएको छ ।
केहिबेर अगाडी मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमत्री नियुक्त गर्न दावी पेश गरेको थियो ।
सरकार बनाउन लागेका दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागिसकेको छ ।



सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
ओलीलाई बयान दिन पत्र काट्दैछौँ, अध्यक्ष कार्की