बाजुराका अन्दाजी १५ वर्षीय एक बालक भारतको नयाँ दिल्लीबाट बेपत्ता



मिन बहादुर खड्का काठमाडौं : बाजुराका अन्दाजी १५ वर्षीय एक बालक भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाजुराको बुढीगंगा नगरपालिका १० का सुनिल रावल रहेका छन् । भारतको नयाँ दिल्लीमा सुनिल उनका बुवा नौले र मामा नरेश खड्काको साथमा बस्दै आएका थिए ।

सुनिल २०२४ जुन ५ तारिख ( बुधबार) हिजोबाट परिवारको सम्पर्कमा छैनन् । एक महिना अगाडी घरबाट भारतको नयाँ दिल्ली पुगेका उनलाई एउटा घरमा काम लगाइएको थियो । उनी बुधबारबाट सोही घरमा काम गर्ने र खाने बस्ने गरी काममा निस्किएका थिए। उनलाई उनका बुवाले काम गर्ने घरमा पुर्याएका थिए।

बेपत्ता सुनिल दिउँसो २ बजे नै काम गर्ने ठाउँबाट निस्किएको बताइएको छ । बेलुका काम लगाएको ठाउँ बुझ्न जाँदा उनी दिउँसो नै निस्किसकेको प्रतिक्रिया दिएका थिए । उनी हिजोबाट कहाँ गए भन्ने कुरा अत्तोपत्तो नभएको उनका मामा नरेश खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार उनी बस्ने आसपासका सबै ठाउँ र आफ्न बस्ने ठाउँमा खबर गर्दा कतै नभेटिएको बताइएको छ । सुनिल गाउँमा कक्षा ६ मा पढ्थे । तर उनी बीचमै पढाई छोडेर भारत पुगेका थिए। त्यहाँबाट घर आउन नमानेपछि उनलाई उनका बुवाले त्यहीँ काम खोजेर काममा लगाएका थिएन। अहिले उनको आफन्तले खोजी गरिरहेका छन् ।

राम्रो संग त्यहाँको भाषा समेत नजानेका उनी कोठा आउने बाटो बिर्सिएर बेला अर्कै ठाउँ गएको हुन सक्ने आफन्तको भनाई छ । काम गर्ने ठाउँबाट उनी बस्दै आएको ठाउँ पुग्न १५ मिनेट समय लाग्छ । भाषा पनि नजानेको र उमेरले पनि सानै भएकाले उनी त्यहाँबाट काम गर्न नसकेर निस्किएका थिए।

यदि कोही कसैले भेटाएमा सम्पर्क नम्बर १४२४९१७३१८ २४५८७५ र १४२४९१८२८७६५०४९६ मा सम्पर्क गरी सहयोग गरिदन आफन्तले अपिल गरेका छन् । आज स्थानीय प्रहरीलाई पनि निवेदन दिएर जानकारी गराइएको पारिवारिक श्रोतले जनाएको छ ।

अधिकांस बाजुराका युवाहरु भारतमा ज्याला मजदुरीका लागि जाने गरेका छन् । धेरै जसो त सपरिवार भारतमै बस्ने गरेका छन् । रोजगारीको सिलसिलामा भारत गएका अधिकांसको भारतमै विभिन्न कारणले मृत्यु हुने र कयौं उतै बेपत्ता हुने गरेको काहालीलाग्दो अवस्था छ । खेतीपाती गरेर ६ महिना पनि परिवारको छाक तार्न नपुग्ने भएपछि भारत लगायतका बिदेशी मुलुकमा ज्याला मजदुरी गेरेर परिवारको दिन गुजारा चाउनुपर्ने बाध्यता छ। कयौं बेपत्ता कयौं अङ्गभङ्ग, कयौंको मृत्यु भएका घटनाहरु समय समयमा सार्वजनिक हुँदै आएका भएपनि बिदेशीने क्रम भने बढ्दो छ।

सिमा नाकामा होस् वा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा होस् बिदेशीने नेपालीको ताती छ । कयौंको मृत्यु भएर नेपालीहरु बाकसमा लास बनेर फर्किन्छन् । वर्षेनी ५ लाख बढी युवा बिदेशीने गरेका छन् भने १ हजार बढी युवाहरु लास बनेर नेपाल बाकसमा फर्किरहेका छन् । तर राज्यलाई यो काहालीलाग्दो अवस्था प्रति कुनै चिन्ता र चाँसो छैन ।

यी हुन् बेपत्ता भएका सुनिल रावल चिन्नेले आफन्तलाई खबर गर्नुहोला: 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.