काठमाडौं–यूथ एड्भोकेसी नेपालले विभिन्न सङ्घ संस्थाको सहकार्यमा सङ्घीय राजधानी काठमाडौंमा ‘ सङ्घीय तह बहुपक्षीय संवाद’ कार्यक्रम आयोजना सम्पन्न भएको छ । दिगो विकास कार्यान्वयनको अवस्था मूल्याङ्कनको लागि ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ गरिएको हाे ।
दिगो विकास कार्यान्वयनको अवस्था, यसका चुनौतीहरू, सिकाइहरू, असल अभ्यासहरू तथा आगामी दिनमा गर्नु पर्ने कार्यको लेखाजोखा गर्ने उद्देश्यका साथ ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ मार्फत गरिएको हो । नेपालले यसअघि सन् २०१७ र २०२० मा ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ गरिसकेको छ ।

विगतका अभ्यासलाई निरन्तरता दिँदै नेपालले सन २०२४ मा तेस्रो पटक प्रतिवेदन तयार गर्न लागेको हो । प्रतिवेदनलाई प्रत्येक वर्ष संयुक्त राष्ट्र सङ्घले आयोजना गर्ने उच्च स्तरीय राजनीति मञ्चमा प्रस्तुत गर्ने गरिन्छ ।
यूथ एड्भोकेसी नेपालले युवाहरूको दृष्टिकोणबाट ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ का लागि धुलाबारी, वीरगन्ज, हेटौडा, नेपालगन्ज, सुर्खेत तथा बाजुरामा प्रदेश स्तरीय कार्यक्रम आयोजना गरिसकिएको आयोजक संस्थाका अध्यक्ष गणेश धामीले जानकारी दिए । यसका लागि अनलाइन माध्यम तथा फोकस ग्रुपका माध्यमबाट पनि सरोकारवाला निकायसँग सूचना सङ्कलन गरिएको धामीको भनाई रहेको छ ।
सांसदहरूको ऐक्यबद्धता
काठमाडौंमा आयोजित बहुपक्षीय संवादमा सांसदहरूले दिगो विकास कार्यान्वयन र यसका चुनौतीलाई समाधान गर्नका लागि आफ्नो तर्फबाट ऐक्यबद्धता गर्ने विश्वास दिलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले दिगो विकास कार्यान्वयनमा सरकारले पर्याप्त बजेटको प्रबन्ध गर्नुपर्नेमा जोड दिइन् । उनले अगाडी भनिन ‘ दिगो विकास कार्यान्वयन कुनै एक देशको प्रयासले मात्र सफल हुँदैन । सबै देशको सहयोग आवश्यक पर्दछ ।’

त्यस्तै सत्तारुढ दल नेकपा एमालेकी सांसद दीपा शर्माले दिगो विकास कार्यान्वयनको लागि युवाहरूमा लगानी गरी परिचालन गर्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपसचिव अनिता पौडेल, अधिकारकर्मी सुवास नेपाली, दीपक सोनी, हंसराज जोशी, नानीमाया थापा, सविन लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वैच्छिक राष्ट्रिय समीक्षाको अवधारणा, यसको प्रक्रिया तथा यसको महत्त्व विषयमा यूथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले प्रकाश पारेका थिए ।

उद्घाटन सत्रपछि सहभागीहरूलाई आठ वटा समूहमा विभाजन गरी सामाजिक सुरक्षा, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, प्राविधिक तथा व्यावसायिक शिक्षा, महिला हिंसा र विभेद, युवा रोजगारी, जलवायु न्याय, युवा सहभागिता तथा स्वयंसेवा विषयमा सूचना सङ्कलन गरिएको थियो । बहुपक्षीय संवाद कार्यक्रमको सञ्चालन मयुरी भट्ट तथा स्वागत तथा उद्देश्यमाथि प्रकाश जिया राज भण्डारीले गरेका थिए ।




सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप