मिन बहादुर खड्का काठमाडौं : सबैलाई कुराकानी गरेरै हसाउने खुबी जोकोही संग हुँदैन । कसै संग छ भनेपनि बिरलै भेटिन्छन् । त्यहीँ मध्यका एक कालाकारितामा उदाउँदै गरेका नवदित हास्य कलाकार किरण थापा एक निम्न बर्गीय परिवारमा आमा सुर्जा थापा र बुवा कालू थापाको कोखबाट दोस्रो सन्तानको रुपमा बडीमालिका नगरपालिका वडा -९ – मा जन्मिएका थिए किरण थापा ।
उमेरले १८ वर्ष ननाघेका किरणका एक दिदि छन् ।पछिल्लो समयमा कमेडीबाटै चर्चा बटुल्दै आएका थापा सदरमुकाम मार्तडीमा अव्यवस्थित मालिका नमुना बिद्यालयमा कक्षा ११ मा अध्यन गरिरहेका किरण पढाई संगै कलाकारिता पनि अगाडी बढाइरहेका छन् ।
सदरमुकाम मार्तडीमै हुर्किएका किरण बाल्यकाल देखी नै अरुलाई कमेडी गरेर हसाउन्थे । उनका हरेक क्रियाकलापले देखेर उनका छिमेकीहरु भन्थे “तिमी भविष्यमा कलाकार बन्छौँ” किरणको अरुलाई हसाई राख्ने बानी उमेर बढ्दै जाँदा पनि रोकिएन । बिद्यालयमा समेत उनले साथीहरूका बीच कमेडी गरेर हसाउन्थे। खाली समयमा उनका साथीहरूले उनलाई कमेडी गर्न लगाईहाल्थे। उमेर बढ्दै गयो।गाउँमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा उनी भाग लिएर कमेडी गर्थे ।
थापाले बिद्यालयमा शुक्रबार हुने अतिरिक्त कियाकलापमा पनि भाग लिन थाले । त्यसपछि उनको कमेडी गरेर हसाउने कला गाउँ घरमा मात्रै सिमित रहेन । उनलाई बिद्यालयका शिक्षकहरुले पनि निरन्तरता दिन सुझाउन्थे । कुनै समय किरण कोठा भित्र एक्लै विभिन्न शीर्षकमा कमेडी बनाउन्थे ।
बिस्तारै उनलाई कलाकार बन्नुपर्छ भन्ने लाग्यो। सानै देखी हास्य कलाकार बन्ने किरणको हुटहुटी थियो । एक बिपन्न परिवारमा जन्मिएका किरण विगत सम्झिदै सुनाउन्छन् , हास्यकलाकार बन्छु भन्ने लाग्थ्यो, तर कलाकार बन्न त पैसा चाहिन्छ भन्ने सुनेको थिए, खेतीपाती गरेर ज्याला मजदुरी गरेर परिवारको गुजारा गर्ने परिवारमा हुर्केको मलाई कोले कलाकार बनाउन्छ भन्ने पनि लाग्थ्यो, । सानै देखी परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण आफ्नो प्रतिभालाई लुकाउन बाध्य भएको थापा बताउन्छन् ।
कक्षा ८ मा पढ्दा उनले बुवालाई मोबाइल किनि मागे । जब थापा मोबाइल चलाउन थाले त्यसपछि उनले टिकटक आइडी खोले र जनचेतनामुलक भिडियो बनाउन थाले। उनले टिकटमा उनका भिडियो धेरै हेर्ने र प्रतिक्रिया दिन थाले । यसले थापालाई थप हौसला प्रदान गर्यो । थापाले दिन प्रतिदिन थप जनचेतनामूलक र सबैले रुचाउँने भिडियो बनाउन थाले । टिकटकबाटै छोटो समयमा धेरैको मनमुटमा बस्न सफल भएका छन् । उनलाई धेरैले टिकटकबाटै चिने ।
जनचेतनामूलक भिडियोहरु बनाउने फरक विशेषता छ किरण संग :
बाजुराली भाषामा जनचेतनामूलक भिडियोहरु बनाउने थापा अहिले सामाजिक सञ्जाल फेसबुक तिर पनि आफुले बनाएका भिडियोहरु पोष्ट गर्छन् । बाजुराको समसामयिक बिषयलाई समेटेर स्थानीय भाषामा कमेडी गर्ने थापा कमेडी बाटै बाजुराका समस्या बारे जनप्रतिनिधिको ध्यानाकर्षण गराउन्छन् । धेरैलाई उनले गरेका कमेडी मोजकका रुपमा लिने गरेको भएपनि यद्यपि उनका कमेडीहरु भने मनोरञ्जनमा मात्रै सिमित छैनन् ।
कमेडी मार्फत नै सरोकारवाला निकायका व्यक्तिहरुको जिल्लाका समस्या प्रति जवाफदेही बनाउने उदेश्य सहित आफुले भिडियो बनाउने गरेको किरण बताउन्छन् । बाजुराको स्थानीय पहिरन र बाजुराली भाषा उनको कमेडीका विशेषता जस्तै भैसकेका छन् । उनले बनाएका भिडियोहरु उनका कयौं समर्थकहरुले रुचाउँछन् । धेरैले लाइक कमेन्ट शेर गर्ने पनि गरेका छन् । पछिल्लो समयमा थापा टिकटकमा मात्रै सिमित छैनन् सामाजिक सञ्जाल फेसवुक तिर पनि आफ्ना प्रस्तुती पस्किदै आएका छन् । थापा पछिल्लो समयमा थप चर्चा बटुल्न सफल छन् ।
टिकटकमा मात्रै सिमित रहेनन् किरण मेला महोत्सव समेत उनको माग :
सामाजिक सञ्जाल टिकटक हुँदै फेसवुकमा मात्रै सिमित छैन अहिले उनका प्रस्तुतीहरु जिल्लामा आयोजना हुने मेला महोत्सवमा पनि किरणलाई अथितीका रुपमा बोलाइन्छ । उनले जिल्लामा आयोजित थुप्रै कार्यक्रममा आफ्नो प्रस्तुती दिई सकेका छन् । पछिल्लो समयमा महोत्सवहरुमा सहभागी भएर आफ्नो प्रस्तुती दिन पाँउदा थापा स्वयंम खुसीले गदगद छन् ।कुनै बेला आफ्नो घरमा मात्रै सिमित थियो उनी संग भएको प्रतिभा बिस्तारै उनले समाज सम्म लगे।
बिद्यालय हुँदै सामाजिक सञ्जाल टिकटक फेसबुक हुँदै अहिले मेला महोत्सव सम्म आफ्नो प्रतिभा र क्षेमता प्रस्पुतन गर्न किरण सफल भएका छन् । किरणलाई लागेकै थिएन की म महोत्सवको स्टेज चढेर धेरै दर्शकहरु माझ आफ्नो प्रतिभा प्रस्तुत गर्न पाँउला भन्ने । यतिमात्र होईन उनलाई कमेडी गरेरै छोटो समयमा आफुलाई यति धेरैले चिन्लान् माया गर्लान् भन्ने पनि लागेको थिएन तर निरन्तरको कलाकारिता प्रतिको रुचि, फरक शैलीमा प्रस्तुती दिने खुबी, स्थानीय भाषामा जनचेतनामूलक मात्रै कमेडी बनाउने संकल्प कठोर संघर्षले थापा आफुलाई धेरै दर्शकहरुका माझ प्रस्तुती दिन योग्य बनाउन सफल भए। थापा भन्छन् ” म घरको आर्थिक अवस्था कमजोर छ भनेर जसरी सोच्थे त्यसरी नै पछि हटेको भए अहिले जति माया पाइरहेको छु, जतीले मलाई चिन्छन् यस्तो हुन्थेन होला,तर मैले संघर्ष गरेपछि एक दिन सफल भैइन्छ भनेर निरन्तर आफ्नो क्षमता विकास गर्न लागे, अहिले पनि गरिरहेको छु, पहिला भन्दा अहिले धेरैको साथ सहयोग पाएको छु, अहिले सुरुवातीमा छु एक दिन सफल हुन्छु भन्ने आसा छ”
पछिल्लो समयमा अग्रज कलाकारहरुबाट पाएको सुझाब सल्लाह र दर्शकहरुले दिएको अपार माया र साथ सहयोगले हास्य कलाकार बन्नतर्फ थप थापालाई उत्प्रेरित गरिरहेको छ। उनको प्रतिभा सुन्ने अग्रज कलाकारहरु समेत यहीँ क्षेत्रमा भविष्य रहेको र थप मिहिनेत गर्न सुझाव दिने गरेका छन् । बाजुरामा आयोजना गरिएको बहसमा बार्जु बाजुरा महोत्सव २०८१ ले थापालाई थप हौसला प्रदान गर्यो ।
सम्भवतह पहिलो पटक राष्ट्रिय कलाकारहरु सहितले प्रस्तुती रहने गरी आयोजना गरिएको महोत्सवको स्टेज उक्लिने मौका पाएका थिए । स्थानीय स्तरमा आयोजित कार्यक्रम आफ्नो प्रस्तुति दिने थापा अब स्थानीय कार्यक्रममा मात्रै सिमित हुने छैनन् उनको कालाकारिताको यात्रा निकै फराकिलो हुने अग्रज कलाकारहरु बताउन्छन् ।
बाजुरा जिल्लामा नयाँ पुस्ताको हास्य कलाकारका रुपमा स्थापित भैई सिङ्गो बाजुराकै पहिचान बन्न सक्ने खुबी भएको कलाकार, साहित्यकार समेत रहेका अधिवक्ता हर्क खडायत बताउन्छन् । ” गीत गाउँने र लेख्नेहरु त बाजुरामा थुप्रै छन् तर किरणमा भने फरक क्षेमता छ, यसरी फरक प्रतिभा भएका व्यक्तिहरु होलान् तर यसरी कलाकार नै बन्छु भनेर बाहिर कमै आएका छन् उनको राम्रो सम्भावना छ” खडायत भन्छन् ।
कलाकारहरुको उद्गगम स्थल बाजुरा :
बाजुरा देउडा कलाकारहरु जन्माउने उद्गगम स्थलका रुपमा चिनिदै आएको छ ।गीतकार साहित्यकार राजेन्द्र शाह बि.पी, कोकिल कण्ठी स्वरका धनी देउडा गायक प्रकाश थापा, गायीका दिक्रा देवी गायीने, चर्चित एरेन्जर बिनोद बाजुराली, लाइभ देइडा खेलाडी शंकर मल्ल, बाल गायक सुप्रीम मल्ल लगायतका दर्जनौं कलाकारहरु बाजुराकै हुन् । बाजुरामा पछिल्लो पुस्तामा पनि गायक राजेन्द्र बाजुराली, शब्द संगीतमा अब्बल क्षमता भएका गायक एवम् सर्जक राजेन्द्र रावत लगायतका दर्जनौं सम्भावना बोकेका कलाकारहरु निरन्तर कलाकारिता क्षेत्रमा संघर्ष गरिरहेका छन् ।
बाजुरा र संगीत प्रायबाची भन्दा पनि फरक नपर्ला । बाजुरा एउटा संगीतको बगैचा जस्तै हो जहाँ समय समयमा नयाँ फुलहरु फुलिरहेका छन् । त्यहीँ बगैचाबाट उम्रीएका एक किरण पनि हुन् जो अरुको भन्दा फरक कला प्रस्तुत गर्छन् । साच्चिकै पछिल्लो समयम उनले कमाएको लोकप्रियता र दर्शकहरुको हास्यकलाकार किरण प्रतिको आकर्षण हेर्दा किरणको अबको कलाकारिता जिल्लामा मात्रै सिमित हुने छैन। कमेडी गरेर चर्चा बटुल्न सफल किरणलाई धेरैले हास्य कलाकार भनेर चिन्न थालेका छन् ।
कुनैबेला के छ हो किरण जी भन्नेहरु अहिले के छ ? कलाकार जी भन्न थालेका छन् । यसरी निरन्तर आफ्नो क्षमता विकास मात्रै गरेका छैनन् ।थापाले आफ्नो पहिचान समेत बनाउदै गएका छैनन् । किरणले अग्रज कलाकार संगको संगत समन्वय सहकार्य पनि फराकिलो बनाउदै गएका छन् । पछिल्लो समयमा राष्ट्रिय स्तरका कलाकार संग पनि उनको चिनजन छ। जुन अवसर उनलाई बार्जु महोत्सवले जुराइदिएको थियो । किरण जस्तै कयौं कलाकारका लागि केही समय अगाडी सुदूर साहित्य प्रतिष्ठानले आयोजना गरेको बाजुरा महोत्सव कलाका बन्ने प्रेणा संगै थप हौसला प्रदान गरेको छ ।
बाजुराको भाषालाई देशभर चिनाउने हुटहुटी :
विद्यार्थी उमेर देखी नै हास्यकलाकार बन्ने योजना बुनेक किरण कमेडी मार्फत बाजुराको भाषा कला सँस्कृतिलाई देशभर चिनाउने आफ्नो हुटहुटी रहेको बताउन्छन् । पछिल्लो समयमा थपिदै गएको साथ सहयोग र हौसलाले थप यो क्षेत्र तर्फ उत्प्रेरित गरेको थापा बताउन्छन् ।
बाजुरामै बसेर देश भर आफुलाई चिनाउने प्रयत्न उनको छ । आफु संग बाजुराको भाषा कला संस्कृतिलाई पनि चिनाउने थापाको योजना छ । थापा सानै देखि बाजुरेली भाषामा बाेल्ने,ठट्यौली कुराकानी गर्ने, आफ्नै भाषामा ब्याङ्ग्यात्मक कमेडी प्रस्तुत गर्ने उनको कलाले सबैको ध्यान खिच्ने गर्छ ।
दुर्गमा जन्मिएपनि उनको अदभूत क्षेमता र प्रतिभा अहिले सम्म लुकेको भएपनि अब दुर्गममा मात्रै सिमित हुने छैन ।उनी बिस्तारै देशभर चिर परिचित हुँदै जाने संकेत देखा परिसकेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण संगैका साथीहरू एसैईई परिक्षा दिएर सहर तिर लागेपनि आफु भने जान नसकेको बताउन्छन् ।
सम्वन्धित समाचार
गणतन्त्रको पक्षमा एमालेले घोषणा गर्यो जनप्रदर्शन र विशेष सभा, कहिले कहाँ ?
आठ महिनामा १३ खर्बको वैदेशिक व्यापार– ९ खर्ब ८७ अर्ब घाटा
विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धि कार्यशाला सम्पन्न
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा लहर देखिएको भन्दै प्रचण्ड उत्साही
आजदेखि एसईई परीक्षा सुरू ५ लाख बढी विद्यार्थी सहभागी
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसदबाटै मागे माफी