बाजुरा: बाजुरामा चार हजार आठ सय बालबालिकाको निशुल्क मुटुरोग परिक्षण गरिएको छ । बडीमालिका नगरपालिकाको सदरमुकाम मार्तडीमा सञ्चालन गरिएको एक दिवसिय निःशुल्क मुटुरोग परिक्षणमा चार हजार आठ सय जना विद्यार्थीहरुको सेवा पाएका हुन ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान शाखा बाजुराको आयोजना र नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको सहयोगमा देशका विभिन्न अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टरको टोली दुर्गम जिल्ला बाजुरा पुगेर सञ्चालन गरिएको शिविरमा सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत विद्यार्थीहरुको निःशुल्क मुटुरोग परिक्षण गरिएको छ ।
सदरमुकाम मार्तडी स्थित मालिका नमुना मावि, बाल मन्दिर आधारभूत विद्यालय, बडीमालिका बोर्डिंग स्कुल, क्रियटर जोन एकेडेमी, कन्भर्स ऐकेडेमी र समता स्कुलमा अध्यनरत चार हजार आठ सय विद्यार्थीहरुको मुटुरोग परिक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान शाखा बाजुराका सचिव दयाराम पण्डितले बताउनु भयो ।
उनले दिएको जानकारी अनुसार शिविरमा मुटुरोग परिक्षण गरिएका मध्ये ४१ जना विद्यार्थीमा मुटु रोगको समस्या देखिएको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रकाशराज जोशीले बताएका छन् । विद्यार्थीहरुको मुटु रोग परिक्षण गर्दा ४१ जनामा समस्या देखिएको र पाँच जनाको तत्काल नै शैल्यक्रिया गर्नुपर्ने अवस्था रहेको डाक्टर जोशीले बताए ।
परिक्षणमा तत्काल शल्यक्रिया गर्नुपर्ने पाँच जना बालबालिकालाई निःशुल्क उपचारका लागि काठमाडौं लिइने नेपाल हृदयरोग निवारण प्रतिष्ठान शाखा बाजुराका सचिव पण्डितले बताएका छन् । शिविरमा बालबालिकाहरुको निःशुल्क मुटुरोग परिक्षण गरिनुका साथै मुटुरोग सम्बन्धीे समस्याहरुको सचेतना समेत दिइएको सचिव पण्डितले बताए ।
विशेषज्ञ डाक्टरहरुके टोली दुर्गममा पुगेर निःशुल्क मुटुरोग परिक्षण गरिएपछि विपन्न र तथा आर्थिक अवस्था कमजोर परिवारका बालबालिकाहरुलाई राहत मिलेको छ । शिविर सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माध्यमिक विद्यालयमा संचालन गरिएको थियो ।
किनारा न्यूजबाट साभार



सम्वन्धित समाचार
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता
विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन: खम्मबहादुर खाती
एमाले सचिवालय बैठक भोलि बस्दै, प्रत्यक्षतर्फका उम्मेदवारबारे निर्णय गरिने
देउवा पक्षका संस्थापन नेताहरू निर्वाचन आयोग जाँदै
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै