काठमाडौँ :जारी आइसीसी टी-२० विश्वकपमा भारतले विजयी शुरुवात गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले आयरल्याण्डलाई २ विकेटले पराजित गरेको हो ।
समुह ए अन्तर्गतको यस खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाएका थिए भने ऋषव पन्तले ३६ रन बनाए भने सूर्यकुमार यादवले २ रन बनाएका थिए । रोहित शर्मा ५२ रन बनाएर रिटायर हर्ट भएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले १६ ओभरमा अल आउट हुदै ९६ रन बनाएको थियो । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले सर्बाधिक २६ रन बनाएका थिए भने जोश लिटिलले १४, कर्टिस काम्फरले १२ तथा लोर्कान टेक्टरले १० रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर हार्दिक पाण्डेयले ३ विकेट लिए भने जसप्रीत बुमराह र अर्शदीप सिंहले २-२ तहत मोहमद सिराज र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।
यो जितसँगै भारतले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब आयरल्याण्डले दोस्रो खेल जुन ७ मा क्यानडाविरुद्ध खेल्दै छ । त्यसै गरी भारतले भने जुन ९ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।



सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन