मिन बहादुर खड्का काठमाडौं : देउडा गायक रोहित ढुङ्गानाको “क्या राम्रो नौखुवा अछाम्” नामक देउडा गीत सार्वजनिक भएको छ । बुधबार खप्तड डिजिटल युट्युव च्यानलबाट साँझ ५ बजे गीत सार्वजनिक भएको हो । गीतमा आवाज गायक रोहित ढुङ्गानाको रहेको छ भने स्वरमा साथ गायीका सुनिता बुढा क्षत्रीले दिएकी छन् ।
गीतमा शब्द संगीत गीतकार तथा साहित्यकार राजेन्द्र शाह बि.पीको रहेको छ । गीतको एरेञ्ज चर्चित एरेञ्जर बिनोद बाजुरालीले गरेका छन् । गीत मालाश्री रेकर्डिङ स्टडियोमा सागर बाजुरालीले रेकर्ड गरेका थिए । गीतको छायांकन काठमाडौंको कृतिपुरमा गरिएको बताइएको । भिम थापाले निर्देशन गरेको गीतमा अभिनय चर्चित मोडल झर्ना बोहरा, रोजी कुँवर डम्मर ढुङ्गाना, सुनिल जोशी र लोकेन्द्र बुड्थापाले गरेका छन् ।
देउडा क्षत्रमा लामो समय देखी काम गर्दै आएका व्यक्तिहरुको संलग्नतामा यो गीत बनेको छ । गीतमा जोडिएका प्राय सबै जना देउडा क्षेत्रबाटै आफ्नो राम्रो पहिचान बनाउन सफल भैसकेका कलाकारहरु छन् । यो गीतमा जोडिएको टिम हजारौं देउडा गीतको शब्द संगीत गरिसकेका शाहले शब्द संगीत गरेको यो गीतलाई धेरैले माया गर्ने अपेक्षा गरिएको छ।
अछामको नौखुवा ठाउँको एतिहासिक पक्षहरुलाई गीत मार्फत झल्काउन खोजिएको बताइएको छ । निकै मिहिनेत गरेर तयार पारेको यो गीतला ई धेरै दर्शकहरुले माया गर्ने अपेक्षा गीतकार एवम् साहित्यकार शाहको भनाई छ । माया पिरतीका कुराकानी गीतमा भएपनि नौखुवा ठाउँलाई झल्काउन खोजेको उनले बताएका छन् ।
गीत मार्फत अछामको नौ खुवाको सुन्दर दृश्य पनि देखाइएको छ । परापुर्व कालदेखी अछामको नौ खुवामा हुँदै आएको रितिरिवाजलाई पनि गीत मार्फत देखाउन खोजिएको छ । गीतले सिङ्गो अछाम् जिल्लाको पुरानो पहिचानलाई सम्झाउने गीतकार एवम् साहित्यका राजेन्द्र शाह बिपीको भनाई छ ।शाहले शब्द संगीत गरेका कयौं गीतहरुले यस अघि पनि सार्वाधिक चर्चा पाइसकेका छन् ।
यो हो भिडियो हेर्नुहोस्



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने