मिन बहादुर खड्का काठमाडौं : बाजुराको सदरमुकाम मार्तडी र कोल्टी बजारमा खानेपानीको समस्या भएको छ। सदरमुकाम मार्तडीमै खोनपानीको च्रम अभाव भएको एक महिना बढी भइसकेको छ । उसो त चैत्र यता नै नियमित मार्तडीमा पानि आउन छोडेको स्थानीय बताउन्छन् । सुख्खा खडेरीका कारण मुहानमा पानी नभएर खानेपानीको चरम अभाब भएको हो।
विगत लामो समय देखी खडेरीका कारण पानीको मुहान सुकेर खानेपानीको चरम अभाव भएको स्थानीय बताउन्छन् । सदरमुकाम मार्तडीमा पानिको चरम अभाब हुदाँ नागरिकले सास्ती बेहोर्नु पर्ने बाध्यता छ। करिब एक महिना यता सदरमुकाम मार्तडीमा पानी नियमित नआएको स्थानीयको भनाई छ । मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिती र बडीमालिका नगरपालिको चरम लापारबाहीका कारण यहाँका नागरिकहरुले सधै खानेपानीको समस्या झेल्नु परेको भन्दै स्थानीय आक्रोशित छन् ।
नियमित धारामा पानी नआएर सास्ती खेप्दै आएको लामो समय बितिसक्दा पनि स्थानीय सरकार र सरोकारवाला निकाय मौन बसेको आरोप स्थानीयको छ ।
स्थानीय सरकार र मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई स्थानीयले पटकपटक पानिको समस्या समाधान गर्न माग गर्दै आएको भएपनि सुनुवाई नभएको स्थानीयको दुखेसो छ । नगरपालिकाले खानेपानीको अभाब नहोस् भनी पालिकाबाट पटक–पटक बजेट व्यवस्थापन गर्दै आएको भएपनि मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीले खानेपानीलाई नियमित संचालन गर्न नसकेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् ।
बारम्बार नगरपालिकामै बोलाएर कसरी प्रयाप्त मात्रामा खानेपानिको व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल गर्दा पनि व्यवस्थापन गर्न नसकिएको प्रमुख खड्काको भनाई छ। नगर प्रमुख खड्काले भने,” यतिबेला खडरीका कारण महान सकेका कारण पनि समस्या भएको छ, अहिले पालैपालो गरेर भएपनि व्यवस्थापन भइरहेको छ, हामीले पटक-पटक छलफन गरेका छौँ, तर सोचेजस्तो समस्या समाधान गर्न सकिएको छैन, व्यवस्थापनमा खानेपानी उपभोक्ता समितिको पनि कमजोरी छ,हामीले केही समय जसरी हुन्छ व्यवस्थापन गर्नुस भनेर भनेका छौँ, यदि उहाँहरुले सक्नु भएन भने हामी आफै थप कसरी अगाडी बढ्न सकिन्छ र समस्या समाधान गर्न सकिन्छ भनेर छलफल गछौैँ ” बिभिन्न कारणले प्रयाप्त मात्रामा स्थानियका लागि खानेपानीको व्यवस्थापन गर्न नसकिएको स्विकार गर्दै प्रमुख खड्काले तत्काल समस्या समाधानका लागि नगरपालिकाका तर्फबाट आफुहरु गम्भिर रहेका बताएका छन् ।
नगर प्रमुख खड्काले यस्तो बताएपनि यता स्थानीयले भने कहिँलेकाँही त कुवामा पनि पानी सकिएर खोलाको पानी पिउनुपर्ने बाध्यता रहेको दाबी गरेका छन् । धारामा पानी आउन छोडेपछि टाढाबाट पानी बाकेर ल्याउनुपर्ने बाधयता स्थानीयका अनुसार सदरमुकाम मार्तडीमा यत्रतत्र पाईपलाईहरु छरिएर रहेका छन् । प्रत्येक ठाउँमा पाईपलाईहरु काटिएका छन् । यसलाई व्यवस्थापन गर्न नसकनु मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीको कम्जोरी भएको एक स्थानीयले बताएका छन् ।
खानेपानिको अभाव मार्तडी बासिले खेप्दै आएको एक महिना भनदा बढी भइसकेको भएपनि स्थानीय सरकार मुख दर्शक बनेको एक स्थानीयको आरोप छ । खानेपानी उपभोक्ता समितिलाई दोष दिएर स्थानीय सरकार पानी माथिको ओभानो बन्न खोज्नुलज्जास्पद बिषय भएको ति स्थानीयको भनाई छ। सुख्खा खडेरीका कारण मुहान सुक्दै गएपछी खानेपानीको अभाब भएको मार्तडी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीले दाबी गरेको छ। सदरमुकाम मार्तडीमा पाँच सय ५५ वटा धारा छन् । अहिले ति धाराहरुमा खडेरीका कारण महान सुक्दै गएपछी मुहानमा दिनभरी पानीको व्यवस्थापन गरी बेलुका बिहान एक एक पटक सबैलाई पानी दिने गरिएको छ।
समितिले पनि समस्या समाधानका लागि दिनरात काम गरिरहेका खानेपानी समस्याका कारण बालबालिकालाई समयमै विद्यालयमा पठाउन र सरसफाई गर्न समेत समस्या भएको स्थानीयले बताएका छन् । सदरमुकाम मार्तडीमा खानेपानीको अभाब भएपछी खानेपानी ल्याउन धेरै टाढा जानुपर्ने बाध्यता रहेको उनको भनाई छ । सदरमुका मार्तडीमा खोनपानीको हाहाकार भएपछी खानेपानी ल्याउन भम्क,थापाबाडा,पानीपाल,बाउली लगायतका ठाउँमा गएर मुहानको खानेपानी ल्याउने गरेको विद्यार्थी रविन्द्र विकले बताउनुभयो । अहिले सदरमुकाम मार्तडी बासी मुहान र खोलाको पानी खाने गरेका छन् ।
बिशेष गरी मार्तडीमा पानी नहुँदा बिद्यार्थीहरुलाई बढि समस्या हुने गरेको नागरिक अगुवाहरु बताउन्छन् । पानी नागरिकको आधारभुत आबश्यकता हो,यसलाई नियमित संचालन गरि ब्यबस्थापन गर्न सरोकार निकायको जरुरी छ। । सदरमुकाम मार्तडी मै सिर्जना हुनु दुखद बिषय पनि हो । यसमा स्थानीय सरकार गमिभर हुन आवश्यक देखिन्छ।
कोल्टीमा पनि पानी नआएको एक महिना बित्न लाग्यो, स्थानीय आन्दोलित :
बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा पनि विगत झण्डै एक महिना यता खानेपानिको समस्या रहेको भन्दै स्थानीय आन्दोलित भएका छन् । लामोसमय समम खानेपानीको समस्या समाधान नगरेपछि स्थानीय सरकार प्रति स्थानीय आक्रोशित हुँदै सोमबार नगरपालिकाको कार्यालय अगाडी पुगेर बिरोध प्रदर्शन गरेका हुन् । स्थानीयले भाँडा बजाउदै बिरोध जनाएका थिए।
स्थानीय सरकारले चाँसो नदेखाएको भन्दै आक्रोशित भएका स्थानीय कार्यालय अगाडी पुगेका थिए। उनिहरुले कार्यालय अगाडी गएर पनि भाँडा बजाउदै नाराबाजी गरेका थिए । उनिहरुले “स्थानिय सरकार पानि चाहियो”, स्थानीय सरकार कहाँ छ ? “स्थानीयको मागलाई व्यवास्ता गर्न पाइदैन”, भन्दै नाराबाजी गरेका थिए । स्थानीय सरकारलेमाग समबोधन नगरेसम्म आनदोलन जारी राखने उनिहरुको चेतावनी छ । आनदोलित हुँदै कार्यालय अगाडी पुगेका स्थानीयले कोल्टीमा बिद्युत सेवा समेत नियमित नभएको स्वास्थ्य सस्थामा समेत लापरबाही रहेको आरोप लगाएका छन् । यता बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहरालाई सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन ।
जनताका लागि जिताएर पठाएका जनप्रतिनिधिहरुले जिल्लाका प्रमुख बजारमा समेत खानेपानिको आवश्यकता पुर्ति गर्न सकेका छैनन् । दुई प्रमुख बजारमै खानेपानिकोच्रम अभाव छ । यो यो वर्ष मात्रै होइन हरेक वर्ष स्थानीयले खानेपानिको समस्या झेल्दै आएका छन् । यस्तै बाजुराका कयौं विकट गाउँहरु छन् जहाँ खानेपानीको अभाव छ । खानेपानीकै लागि बिहान बेलुका घर झगडा देखि समुदायमा कोलाहल नै मच्चिन्छ ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा