शैक्षिक सुधारका लागि ई-हाजिरी जडान



बझाङ । खप्तडछान्ना गाउँपालिकाकाे समन्वय र रीड नेपालकाे आर्थिक तथा प्राविधिक सहयाेगमा गाउँपालिका भित्रका ८ ओटा माध्यामीक विद्यालयहरूमा ई-हाजिरी जडान गरिएकाे छ ।

शिक्षककाे समयमा नै विद्यालयमा उपस्थिति र विद्यालयकाे सु-शासनमा सुधार ल्याउन र विद्यार्थीको सिकाइ अभिवृद्धि गर्ने उदेश्यका साथ ई-हाजिरी जडान गरिएको रीड नेपाल बझाङका शिक्षा संयाेजक जनकराज जाेशिले बताउनु भयो ।

ई-हाजिरीलाई स्थानीय सरकार तथा बिद्यालयसगँ समन्वय गरि कार्यन्वयनमा ल्याई विद्यालयमा सुशासन र शिक्षककाे पेशागत जिम्मेवारीलाई बहन गर्नका लागि जडान गरिएको रीड नेपाल बझाङका कार्यक्रम व्यवस्थापक देवराज खत्रीले बताउनु भयाे ।

गाउँपालिका भित्रका मा.वि. स्कुल श्री शैलेश्वरी मा.वि. पाैवागढी, श्री लामाताेला मा.वि. लामाताेला, श्री मेलतडी मा.वि. लम्तडा, श्री दुर्गामहालिङ्ग मा.वि. चाैका, श्री खप्तड मा.वि. कालुखेति, श्री पाटादेवल मा.वि. पाटादेवल, श्री काेटीखेत मा.वि. बयाना र श्री महेश्वरी मा.वि. गडरायमा जडान गरिएकाे छ ।

Biometric Machine जडानले शिक्षकहरू मा उत्साहका साथै कार्यन्वयन गर्ने प्रतिवद्वता व्यक्त गरेका छन्।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.