बझाङ । खप्तडछान्ना गाउँपालिकाकाे समन्वय र रीड नेपालकाे आर्थिक तथा प्राविधिक सहयाेगमा गाउँपालिका भित्रका ८ ओटा माध्यामीक विद्यालयहरूमा ई-हाजिरी जडान गरिएकाे छ ।
शिक्षककाे समयमा नै विद्यालयमा उपस्थिति र विद्यालयकाे सु-शासनमा सुधार ल्याउन र विद्यार्थीको सिकाइ अभिवृद्धि गर्ने उदेश्यका साथ ई-हाजिरी जडान गरिएको रीड नेपाल बझाङका शिक्षा संयाेजक जनकराज जाेशिले बताउनु भयो ।

ई-हाजिरीलाई स्थानीय सरकार तथा बिद्यालयसगँ समन्वय गरि कार्यन्वयनमा ल्याई विद्यालयमा सुशासन र शिक्षककाे पेशागत जिम्मेवारीलाई बहन गर्नका लागि जडान गरिएको रीड नेपाल बझाङका कार्यक्रम व्यवस्थापक देवराज खत्रीले बताउनु भयाे ।
गाउँपालिका भित्रका मा.वि. स्कुल श्री शैलेश्वरी मा.वि. पाैवागढी, श्री लामाताेला मा.वि. लामाताेला, श्री मेलतडी मा.वि. लम्तडा, श्री दुर्गामहालिङ्ग मा.वि. चाैका, श्री खप्तड मा.वि. कालुखेति, श्री पाटादेवल मा.वि. पाटादेवल, श्री काेटीखेत मा.वि. बयाना र श्री महेश्वरी मा.वि. गडरायमा जडान गरिएकाे छ ।
Biometric Machine जडानले शिक्षकहरू मा उत्साहका साथै कार्यन्वयन गर्ने प्रतिवद्वता व्यक्त गरेका छन्।



सम्वन्धित समाचार
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
आजदेखि नयाँ शैक्षिकसत्र सुरु