काठमाडौँ : भारतमा खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका पाँचै जनाको मृत्यु भएको छ। उपचारका क्रममा सोमबार बिहान अन्य घाइते दुई जनाका मृत्यु भए संगै मृतकको शंख्या पाँच पुगेको हो।
दुघर्टनामा घाइते भएकी प्रेमजला बोहराको हिजो मृत्यु भएको थियो। कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या हिजोसम्म तीन पुगेको थियो । उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं ११, सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए ।
३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यू भएको हो । यस अघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको सोही दुर्घटनामा परी मृत्यू भैसकेको छ भने मृतक प्रेमजलाका श्रीमान मदन र जेठी छोरी निरुताको स्थानीय भिक्टोरीया अस्पतालमा उपचार भईरहेको थियो । अस्पतालमा उपचारत बुवा छोरी दुबैको आज बिहान मृत्यु भएको बताइएको छ । गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस बिस्फोट भएको थियो ।
घटना लगतै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । झ्याल नभएको कोठामा बसिरहेका उनिहरुको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।न्युन आर्थिक अवस्थाका ३२ वर्षीिय मदन गाउँमा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवार सहित भारतमा बस्दै आएका थिए ।
मदन बेङलुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीहरुलाई त्यहीको स्थानीय विद्यालयमा पढाइरहेका थिए । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको र उपचार खर्च अभावमा सुविधा सम्पन्न अस्पतालमा भर्ना गर्न नसक्दा उनीहरुको मृत्यु भएको बताइएको छ।
यि त एक प्रतिनिधि पात्र मात्रै हुने भारतमा यस्तै बिभिन्न दघर्टनामा पी कयौँको मृत्यु हुने गरेको छ। रोजागाीको सिलसिलामा बिदेश गएका कयौँ नेपालीहरु तै अस्ताउने गरेका छन् । सुदूरपश्चिमका अधिकांस ठाँउबाट रोजगारीका लागि धेरै जसो नेपालीहरु सपरिवार सहित भारत जाने गरेका छन् ।
श्रोत पश्चिम नेपाल घोडाघोडी मिडिया




सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन