रानिबन स्पोर्टस क्लबले उठायो सडकको फोहोर, स्थानीय सरकार निरीह



मिन बहादुर खड्का काठमाडौँ : जिल्लाको प्रमुख सडक खण्ड साँफे मार्तडी सडक खण्डको छेउमै फोहोर फाल्दै आएको छ ।  जथाभावी फाहोरै फोहोरले सडक नै दुर्गन्धित हुँदा पनि स्थानीय सरकार निरीह बनेपछि रानिबन स्पोर्टस क्लबले सडकको फोहोर उठाएको छ ।स्थानीय सरकार निरीह बनेको आरोप सहित क्लबको टोली त्यहाँ पुगेर सडक सरसफाई गरेको हो।

No description available.

बडिमालिका नगरपालिकाले मार्तडी बजार भरीको फोहार संकलन गरेर साँफे मार्तडी सडक खण्डको सुवाकाँध नजिकै सडक छेउमा फाल्ने गरेको छ । फोहार मार्तडीबाट संकलन गरेर ल्याउनेर त्यहिँ जलाउने गरेको छ । सडक छेउमै फोहोर फाल्दा सडकमा समेत जथाभावी फोहोर र सिसाका बोटलहरु छरिएका थिए। रानिबन स्पोर्ट्स क्लबको टोली गएर शुक्रबार सरसफाई गरेको हो ।

No description available.

सडक छेउमै सिसाका बोटलहरु फालिएकाले ती सिसाका बोटलहरु फुटेर सवारी आवागमनमा समेत समस्या भएको थियो । तर नगरपालिकाले फोहोर संकलन गरेर मात्रै थुप्रार्ने तर सडकमा खसेको फोहोर समेत सफा नगरेपछि रानिवन स्पोर्ट्स क्लबको टोली त्यहाँ पुगेको थियो । स्थानीय सरकारले व्यवास्ता गरेपछि आफुहरु त्यहाँ गएर सरसफाइ गरेको क्लबका सदस्य मनोज बोहराले बताएका छन्।

क्लबले यस अघि पनि यस्तै यस्तै रचनात्मक काम गर्दै आएको छ । सरसफाई लगायतका रचनात्मक काममा समेत सक्रिय हुँदै आएको रानिवन स्पोर्ट्स क्लबले खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । फुटबलमा राम्रो पहिचान बनाईसकेको रानिवन स्पोर्ट्स क्लब पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रिय हुँदै आएको छ ।

स्थानीय सरकारले दम्पिङ साइड निर्माण नगर्दा सडकको छेउमा कुहिने नकिहिने सबै फोहोर एकै ठाउँमा जलाउनुपर्ने बाध्यता छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भए पश्चात् दम्पिङ साइड निर्माण गर्ने भनिएपनि अहिले सम्म बन्न सकेको छैन ।दम्पिन्ङ साइड निर्माणका लागि डिपिआर भैसकेको र बजेट व्यवस्थापनका लागि पहल भैरहेको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

गाडीले सडकबाट फोहोर फाल्दा केही फोहोर सडकमा पनि पर्ने गरेको उनको भनाई छ । यसको समाधानका लागि साँफे मार्तडी सडक खण्डको भन्दा तल अर्को सडक निर्माण कार्य भैरहेको उनले बताएका छन् । विगत पाँच वर्ष यता फोहोर फाल्दै आएको ठाउँमा नै दम्पिङ साइड निर्माणको प्रक्रिया अगाडि बढाइएको पाध्यायले जानकारी दिएका छन् ।

स्थानीय सरकारले यस्तो दाबी गर्दै आएको भएपनि नगरबासिले भने दुई आर्थिक वर्ष बित्नै लाग्दा पनि फोहोर समेत व्यवस्थापन गर्न नसकेको आरोप लगाइरहेका छन् । तर स्थानीय सरकारले सक्ने जती प्रयास गरिरहेको दाबी जनप्रतिनिधिको छ । सडक छेउमै कुहिने नकुहीने फोहोर एकै साथ जलाउदा वातावरण पदूषणको पनि जोखिम छ ।

जसका कारण विभिन्न प्रकारका रोगहरुको सक्रमण हुने जोखिम पनि त्यत्तिकै छ । तर स्थानीय सरकारले दम्पिङ साइड निर्माण गर्ने भन्दै आलटाल गर्दै आएको आरोप स्थानीयको छ । मार्तडी बजारलाई समेत सफा सुन्दर बनाउन नसकेको बजार बासीको गुनासो छ । यता बसपार्क निर्माण कार्य भने भैरहेको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

अव्यवस्थित मार्तडी बजारमा सुधार भएन अझै, सडक छुउमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता: 

उसो सदरमुकाम मार्तडी बजार क्षेत्रमा पनि मानिस हिँड्ने तथा सवारी सञ्चालन हुने सडकको उचित व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त बनेको छ ।बडीमालिका नगरपालिकाको मार्तडीमा सडक कब्जा गरी राखिएका गिटी, बालुवा तथा अव्यवस्थित तरिकाले रोकिएका सवारीसाधनको उचित व्यवस्थापन नहुँदा बजर क्षेत्र अस्तव्यस्त बनेको आरोप सर्वसाधरणले लगाउदै आएका छन् ।

सवारीसाधनका लागि बनाएका सडकमा पैदलयात्रुलाई हिँड्न मुस्किल पर्नेगरी स्थानीयले प्रयोग गर्दै आएका छन् । स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाले सवारीसाधन तथा निर्माण सामग्री सडकमा नराख्न सूचना जारी गरे पनि स्थानीयहरुले अटेरी गदै आएको स्थानीय सरकारका जनप्रतिनिधिको दाबी छ । तर स्थानीय सरकारले यसरी अटेरी गर्नेहरुलाई कानुनी कारबाही भने गर्न सकेको छैन ।

स्थानीय व्यापारी तथा सवारी चालकले जथाभाबी सडकमा सवारीसाधन पार्किङ गर्दा नगरपालिकाले प्रभावकारी कदम चाल्न नसकेको स्थानीय लक्ष्मण रोकायाले बताए । “यसरी जथाभाबी सडकमा पार्किङ गर्ने, बालुवा गिटी थुर्पादा पनि नगरपालिकाले व्यवास्ता गरेको नगरवासिको गुनासो छ ।

No description available.

नौवटै पालिकाको प्रमुख बजारका रुपमा मार्तडीलाई लिइन्छ । जिल्ला बाहिरबाट आउनेहरुले पनि समग्र जिल्लाको अवस्था यही बजारलाई हेरेर बुझ्ने भएको नगरपालिकाले बजार क्षेत्रमा पार्किङ तथा पसल लगायतलाई उचित व्यवस्थापन गर्नुपर्नेमा स्थानीयको जाड छ । “साझा सरोकार भएका विषयमा नगरपालिका तथा स्थानीय जनप्रतिनिधिले चासो दिनुपर्नेमा निरीह भएर बसेका छन्”, एक स्थानीयले भन।

प्रहरी प्रशासन लगाएर भए पनि मार्तडीको सुन्दरता, व्यवस्थापन र सडक पार्किङको समस्या समाधान गर्नुपर्ने स्थानीय बताउँछन् । सडकहरुमा स्थानीयहरुले घर बनाउनका लागि गिटी, बालुवा र अन्य सामग्री फाल्नुका साथै पसल तथा घरबाट निस्किएको फोहरले बजार थप दुर्गन्धित बनेको उनीहरुको भनाइ छ ।

यसरी सडकमा फालिएका निर्माण सामग्रीका कारण सवारीसाधन र स्थानीयलाई आवतजावतमा सास्ती बेहोर्नु परेको छ ।मार्तडीको दुनीहाटबजारबाट खुलामञ्च–अस्पताल रोड–खेलकुद रोड हुँदै गौँडाडिलसम्म पुग्ने सडक अस्तव्यस्त रहेको उनको भनाइ छ ।नगरपालिकाले सडकमा जथाभाबी फालिएका भौतिक सामग्री व्यवस्थापनमा चासो नदिँदा दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । स्थानीय सरकारले जनताको दैनिकीसँग जोडिएका विषयमा चासो नदिएको व्यवसायीको भनाइ छ ।

No description available.

बडीमालिका नगरपालिकाकी सडक छेउछाउमा जथाभाबी राखिएका गिटी, बालुवा तथा निर्माण सामग्री हटाउन पालिकाले पटक पटक सूचना जरी गर्दै आएको छ । तर सूचनाको अवज्ञा गर्दै स्थानीयले अटेरी गर्दै आएका छन् ।सडक व्यवस्थित गराउन पालिकाले पटकपटक सूचना जारी गर्दै निर्माण सामग्री हटाउन पहल गर्दै आए पनि स्थानीयले सूचनाको बेवास्ता गर्दै आएको नगरपालिकाका प्रभक्ता धर्मराज पाध्यायले बताएका छन् ।

अस्तव्यस्त निर्माण सामग्री, अव्यवस्थित सवारी पार्किङ र बढ्दो फोहरमैलाले मार्तडी बजारको सुन्दरता हराउँदै गएको छ भने दुर्घटनाको जोखिम पनि बढिरहेको बजार बासिको गुनासो छ । तर स्थानीय सरकार गुनासो सुन्न र आलटाल गर्ने पक्षमा देखिन्छ ।

पहिले देखी नै बसपार्क निर्माण हुने भनिएको ठाउँमा नै बसपार्क निर्माण कार्य भैरहेको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । अबको एक दुई महिना भित्रै निर्माण कार्य सम्पन्न हुने पनि उनको भनाई छ । मार्तडी बजारलाई व्यवस्थित बनाउने नगरपालिकाको पहिलो प्राथामिकताको बिषय रहेको तर स्थानीयको मनोमानिले केहीसमस्या भइरहेको प्रवक्ता पाध्यायले जिकिर गरेका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.