काठमाडौं : फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ ।
समूह एचमा रहेको नेपाल र युएईबीचको खेल जुन ६ ९जेठ २४ गते० नेपालको घरेलु मैदान दशरथ रंगशालमा हुने तय थियो । तर एएफसीले दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएको भन्दै प्रश्न उठाएपछि नेपालमा हुनुपर्ने खेल अब साउदीमा सरेको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल र युएईबीचको खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा हुने जनाएको छ । खेल नेपाली समय अनुसार राती पौने १० बजे हुनेछ ।
एएफसीले दशरथ रंगशालको पिचको कन्डिसन, फ्लड लाइटको अवस्थामा र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल खेल्न नपाउने भएको हो ।
नेपालले होम म्याच घरेलु मैदानमा खेल्न नपाएको यो पहिलो पटक होइन । समूह एच अन्तर्गत नै चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने खेल रंगशालकै अवस्थामा कारण नेपालले बहराइनमा गएर खेलेको थियो ।
समूह बी मा नेपालले अहिलेसम्म खेलेको सबै चारवटै खेलमा हार बेहोरेको छ । युएईपछि नेपालले समूह्यको अन्तिम खेल यमन विरुद्ध खेल्नेछ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै