काठमाडौं : फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ ।
समूह एचमा रहेको नेपाल र युएईबीचको खेल जुन ६ ९जेठ २४ गते० नेपालको घरेलु मैदान दशरथ रंगशालमा हुने तय थियो । तर एएफसीले दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएको भन्दै प्रश्न उठाएपछि नेपालमा हुनुपर्ने खेल अब साउदीमा सरेको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल र युएईबीचको खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा हुने जनाएको छ । खेल नेपाली समय अनुसार राती पौने १० बजे हुनेछ ।
एएफसीले दशरथ रंगशालको पिचको कन्डिसन, फ्लड लाइटको अवस्थामा र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल खेल्न नपाउने भएको हो ।
नेपालले होम म्याच घरेलु मैदानमा खेल्न नपाएको यो पहिलो पटक होइन । समूह एच अन्तर्गत नै चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने खेल रंगशालकै अवस्थामा कारण नेपालले बहराइनमा गएर खेलेको थियो ।
समूह बी मा नेपालले अहिलेसम्म खेलेको सबै चारवटै खेलमा हार बेहोरेको छ । युएईपछि नेपालले समूह्यको अन्तिम खेल यमन विरुद्ध खेल्नेछ ।
सम्वन्धित समाचार
शिक्षा ऐनका लागि महासंघले २ साउनसम्म कुर्ने, पास नभए आन्दोलनमा जाने
सार्वजनिक निकायको सबै भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्नु: अर्थ मन्त्रालय
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
शिक्षामा एआईको प्रयोग: नेपालको शैक्षिक भविष्यका लागि एक महत्वपूर्ण आवश्यकता
थुलुङ दुधकोसीद्वारा रीड नेपाललाई सम्मान
नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष