काठमाडौँ : बाजुरामा एक जना महिलाको विभत्स तरिकाले हत्या गर्ने एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । बडिमालिका नगरपालिका ६ कोर्ध स्थायी घर भएकी ४५ वर्षिय धौली बडुवाल गाँकै बुढाकोर्ध लेखमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
मृत भेटिएकी बडवालको विभत्स तरिकाले हत्या भएको आफन्तको दाबी पछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा हत्याा पत्ता लागेपछि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुरामा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो । मृत भेटिएकी धौली बडुवालको सोही गाँउका स्थानीय ५१ बर्षीय लाल बहादुर बडुवालले आफूले हत्या गरेको स्विकार गरेको जानकारी पत्रकार सम्मेलन मार्फत गराइएको छ।
पक्राउ परेका बडुवाल बिरुद्ध कितानी जाहेरी दर्ता भई जिल्ला अदालत बाजुराबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रही कार्यालय बाजुराले जनाएको छ। तत्काल उठेको रिस र पुरानो घरायसी रिसिबीका कारण महिलाको हत्या गरेको सावित बयान दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका दिलिप कुमार गिरीले बताएका छन् ।
आरोपितले हत्या गरिएकी महिलालले सुरुमा गाली गलौज गरेको र तत्काल रिसको आवेगमा आफुले ओदान र काठको लाठीले प्रहार गरी हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । प्रहरीको अनुसन्धानमा हत्या गरिएकी महिलालाई बलात्कार र संवेदनशील अंगमा लाठीले घाउ समेत बनाएको पाईएको छ । एकल महिला समेत रहेकी धौली बडुवालको हत्या गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
मृतकका आफन्तले सुरुवाती देखी नै बलात्कार पछि हत्या भएको दाबी गर्दै आएका थिए । तर यता प्रहरीले भने घटनास्थलबाट प्राप्त तथा संकलन गरिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाण्डौं र नेपालगञ्ज पठाईएको प्रहरीले जनाएको छ।
बलातकार पछि हत्या गरिएको हो वा होइन भन्ने कुरा रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ। मृत बडुवालको घाँती माथि निकै गहिरो चोट लागेको थियो भने शरिरका अन्य भागमा पनि चोट लागेको प्रहरीले जनाएको थियो । मृत बडुवाल कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेखमा गाइबस्तु सँगै गोठ छानामा बस्दै आएकि थिईन् ।
उनि सँग रहेको नगद पैसा र शरिरमा लगाएका गहना भने उनकै शरिरमा रहेका थिए । बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले पनि आशंका थियो।अनुसन्धानका क्रममा मृत्यु हुनु पुर्व अन्तिममा देखेका र मृत अवस्थामा सुरुमा देख्ने गरी तिन जनलाइ प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार धौलीको टाउको पछाडी र अनुहारमा पनि गम्भिर चोट थियो ।
घुडा माथि छातिमा निल र डाम थियो । आफन्तका अनुसार धौलीका श्रीमान नन्द बडुवालको २४ बर्ष पहिला नै मृत्यु भइसकेको छ । उनि सधै अशक्त छोरी सँग बस्ने गरेकि थिईन् । छोरी दुइदिन अघि महिनावारी भएपछि बुढाकोर्ध बाट कोर्ध गाउँ झरेकी थिईन् । धौली एक्लै बस्दै आएकी थिईन् ।



सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन