साहासिक नेपाली चेली स्नेहालत के . सी अष्ट्रेलियाको अष्ट्रेलियान प्रान्तमा चुनाव लड्दै



मिन बहादुर खड्का काठमाडौं : अष्ट्रेलियाको क्यापितल ट्रेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपालकी चेली स्नेहालता केसीले चुनाव लड्ने भएकी हुन् । उनी त्यहाँ हुने निर्वाचनमा प्रदेश सभा पदका लागि आफ्नो उम्मेदवारी दिन लागेकी छन् । सानै देखी वृद्धबृद्धाहरु र मानाब सेवा भनेपछि स्नेहा भुतुक्कै हुन्थिइन् ।जेरियान्ट्रीक नर्सिङमा पनि उनको त्यत्तिकै चाँसो थियो ।

स्नेहालाई एक सभामा अरु प्रतिसपर्धी बीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उनले अन्य प्रतिस्पर्धीको भन्दा उत्कृष्ट भाषण दिएपछि सबै चकित समेत भएका थिए। स्नेहाले त्यहाँकै भाषामा आफ्नो उत्कृष्ट अभिव्यक्ति दिदै सबैको ध्यान आफुतीर केन्द्रित गरेकी थिइन् । उनले उनी संगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उनको अभिव्यक्ति सबैले रुचाएका थिए ।

जसमा भोटिङ चेक पाँच सदस्यीय प्यानलमा तीन द्वारा अन्तरवार्ता संगै पाँच जना जनता बाट प्रश्नउत्तोर कार्यक्रम राखिएको थियो । त्यसका लोकेल जनाता बाट चुनाब लद्न चुनिएकी हुन । उनको अभिव्यक्ति सुनेपछि त्यहाँका जनताले उनलाई चुनाव लड्न अघि सारेका हुन् ।

अष्ट्रेलिया क्यापिटल ट्रेटोरीमा विगत २८ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २८ वर्ष सम्म एउटै पार्टीको सरकार भएपनि जनताका आवस्यकता अनुसारको काम नहुँदा जनताहरुमा बितृष्णा छाउदै गएपछि त्यहाँ अहिले नयाँ राजनीति दल स्थापन हुने क्रम जारी छ । जसरी नेपालमा पुराना पार्टी प्रतिको जनताको वितृष्णाले नयाँ राजनीति दल खोलिएका छन् ।

क्याम्बेरिया प्रान्तका जनता पनि पुराना राजनीति दलको विकल्पको रुपमा पुराना राजनीति दलप्रति छाउदै गएको बितृष्णा र निराशाले नयाँ दल प्रती बढ्दो आकर्षण जुन छ।त्यसरी नै त्यहाँ पनि नयाँ विगत २८ वर्ष देखी निरन्तर सरकारको नेतृत्व गरिरहेको लेबर पार्टीको विकल्पको खोजीमा त्यहाँका जनताहरु छन् ।

जसरी नेपालमा पुराना दलको विकल्पको रुपमा नयाँ दल खोलिएको छ त्यसरी नै त अष्ट्रेलिया क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यान्बेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाब लड्ने भएकी हुन् । उनी त्यहाँ स्थित निर्वाचन क्षेत्रका मतदाताकै राय सल्लाहना चुनाबमा हुमिएकी छन् ।

त्यहाँका मतदाताले नै उनको सात मिनेटको रोचक र समसामयिक अभिव्यक्ति सुनेर चुनाबमा अघि सारेका हुन् । नेपालको नेपालगन्जमा जन्मिएकी स्नेहा पहिला देखी नै अष्ट्रेलिया बस्दै आएकी थिइन् । उनी त्यहाँको वासिन्दा भैसककी छन् । उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् । स्नेहा नेपालमा हुँदा रजिस्ट्रार्ड नर्स थिइन् । यतिमात्र होईन उनी अभिनेतृ समेत हुन् । उनले नाम चलेका विज्ञापन र म्युजिक भिडियोमा नेपाल हुँदा अभिन्य समेत गरिसकेकी थिइन् । उनी पुर्व सञ्चारकर्मी समेत हुन् ।

 

उनले हिमालय टेलिभिजनमा समेत आबद्ध भैई काम गरिसकेकी छन् । उनले बिदेशमा हुँदा विभिन्न संग संगठनमा आबद्ध रही नेतृत्वदायी भुमिका निर्वाह गरीसकेकी छन् । नेतृत्व गर्न अब्बल क्षेमता भएकी स्नेहा सामाज सेवा भनेपछि भुतुक्कै हुन्थिइन्। राजनीतिका मध्यमबाट समाज सेवा गर्नुपर्छ र राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्ने धारणा उनी सानै देखी राख्थिइन्। राजनीति निस्वार्थ भावनाले जनताको सेवाका लागी गर्नुपर्छ, राजनीति कुनै पेशा होईन सेवा हो, राजनीति कुनै आयआर्जन र आम्दानीको श्रोत होईन, जीवन भर जनताको सेवक हुन्छु भन्नेले मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने मेरो मान्यता हो स्नेहाले टेलिफोनम भनिन्। आफ्नो सानैदेखी समाज सेवामा रुचि रहेकी उनी बताउन्छीन् ।

त्यहाँको स्वास्थ्य अवस्था सुधारका लागि आफु निर्वाचनमा हुमिएको उनले टेलिफोनमा सञ्चारकर्मी संग भनिन्! उनी भन्छिन्, ” मलाई पहिला यहाँ आउँदा यो समाज व्यवस्थित लाग्थ्यो, तर काम गर्दै जाँदा यहाँ हरेक कुरामा अनियमितता हुने गरेको मैले देखे । म यहीँ ठाउँको बासिन्दा भैसकेपछि यो क्षेत्र सुधार गर्नु मेरो पनि दायित्व हो भन्ने कुरा महसुस गरे, विशेष गरी यहाँ स्वास्थ्य क्षेत्रको अवस्था भयानक छ, यहाँ स्वास्थ्य सस्थामा धेरै अनियमितता हुन्छ, मेरो जित भयो भने यो सुधार गर्ने मेरो पहिलो योजना छ” स्वास्थ्य क्षेत्र सुधार गर्ने उदेश्य सहित निर्वाचनमा हुमिएकी स्नेहाले थप्दै भनिन् “म बिरामी भएर इमर्जेन्सीमा जाँदा रातभरी कुरेकी छु, यहाँ चिकित्सकको अभावका कारण बिरामीहरुले सास्ती खेप्दै आएका छन् , उपचारका लागि टाढा जानुपर्ने बाध्यता छ यो जटिल समस्या हटाउनुपर्छ भन्ने मेरो योजना हो ” आफु बस्ने ठाँउको अवस्था परिवर्तन गर्नु सवै नागरिकको कर्तव्य भएकाले आफु चुनाब लड्न लागेको उनको भनाई छ ।

मानव सेवा गर्नुपर्छ भन्ने उदेश्यले मानव सेवा गर्न सबैभन्दा उपयुक्त यहीँ राजनीति लागेको स्नेहाले बताइन् । यसमा कुनै भूगोल र नागरिकताले रोक्नु हुँदैन भन्ने उनको धारणा छ । अष्ट्रेलियामा ८ वटा प्रान्तहरु छन् । अष्ट्रेलियान क्यपिटल ट्रेटोरीम २५ जना ( MLA ) ले सरकार बनाउने गरेका छन् । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर क्याम्बेरिय, लेबर, लिबरल, ग्रीन्स जस्त अन्य पार्टीहरु छन् ।

नेपाली समाजमा पृतिसत्तावादी चिन्तन अझै कायम छ। कुनैबेला नेपाली समाजमा छोरीहरू चुलोचौकोमा मात्रै सिमित छन् ।अहिलेसम्म पनि लैङ्गिक आसमानता बिधयमान अवस्थामा छ। छोरीहरुलाइ पढाउन हुन्न उनीहरु अर्काको अंस लाग्छन् आमाबुवाको बिडो थाम्ने भनेको छोराको मात्रै हो भन्ने पृतिसतात्मक चिन्तन अझै छ।

छोराछोरीलाई ग्रामीण भेगमा अहिलेपनि समान शिक्षा दिएको पाइदैन । अझ छोरीलाई गर्भमा हुँदा समेत विभेद गर्ने पृतिसत्तावादी चिन्तनले ग्रसित नेपाली समाजमा हुर्केकी स्नेहा भने बिदेशी मुलुका नेतृत्व गर्न चुनावी मौदानमा हुमिदै छन् । उनको अहिले नेपालम उच्च प्रसंशा भैरहेको छ। स्नेहा अष्ट्रेलिया अस्ट्रेलियान प्रान्तमा चुनाब लड्ने पहिलो महिला पनि हुन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.