२२ लाख बराबरको सम्पत्ति लिएर भारतमा एक नेपाली महिला अर्कै केटासंग फरार,



मिन बहादुर खड्का काठमाडौ : भारतमा श्रीमानको साथमा बस्दै आएकी एक नेपाली महिला फरार भएकी छन् । भए भरको सबै सम्पती लिएर फरार भएको बताइएको छ । फरार रहेकी महिला बाजुराको त्रीवेणी नगरपालिका वडा न. ६ स्थायी घर भएका भरत बहादुर खड्काकी श्रीमती मिना खड्का रहेकी छन् ।

फरार रहेकी मिना खड्काको माइती घर बडीमालिका नगरपालिका वडा न . ५ हो । फरार खड्का विगत दुई वर्ष यता श्रीमानको साथमा भारतको राजधानी दिल्ली स्थित रानोबागमा बस्दै आएकी थिइन् ।

रोजगारीको सिलसिलामा भारमा बस्दै आएका खड्का दम्पति सपरिवार सहित त्यहाँ बसिरहेका थिए। उनका ६ वर्षका एक छोरा र एक ३ वर्षीया छोरी पनि साथमै थिए। खड्का दम्पतीले २०७५ सालमा बिवाह गरेका थिए। फरार रहेकी २६ वर्षीय महिला मिना खड्काको अर्कै केटा संग सम्बन्ध रहेको र उनकै साथमा उनी फरार भएको बुझिएको छ ।

उनलाई गत मे १८ तारिकका दिन बाजुराकै त्रीवेणी नगरपालिका ९ पैमा स्थायी घर भैई भारतमै बस्दै आएका अन्दाजी २६ वर्षीय धन बहादुर साउदले बिहान ६ बजे भगाएका थिए । भगाएर कुन ठाउँ लगेका हुन् भन्ने कुरा पनि आफुहरुलाई कुनै जानकारी नभएको श्रीमान खड्काले बताएका छन् ।

उनीहरु बीच पहिले देखी नै सम्बन्ध रहेको श्रीमानको भनाई छ । ” भगाएको दिन देखी सम्पर्कमा छैनन् , भएभरको सम्पती सबै उसको नाममा थियो, छोराछोरीको बिचल्ली भएको छ, खोज्दा खोज्दा धेरै समय भैसक्यो काहिँ कतै सम्पर्कमा आएकी छैनन् कहाँ लग्यो भन्ने पनि थाहा छैन” श्रीमान खड्काले भने, श्रीमान खड्काका अनुसार भए भरको सबै सम्पत्ति अर्कै युवक संग भागेर फरार भएकी श्रीमतीकै नाममा रहेको बताइएको छ । उनले नगद १० हजार रुपैयाँ, एक १३ हजारको मोबाईल एक टोला सुन लगेर फरार भएकी छन् ।

यस्तै धनगढीको आधा कट्टा जमिन र एभरेस्ट बैंकमा जम्मा गरेको तीन लाख रुपैयाँ पनि फरार मिनाकै नाममा रहेको श्रीमान खड्काको भनाई छ । भए भरको सबै सम्पती सहित छोराछोरी छोडेर अर्कै केटा संग फरार भएपछि अहिले परिवारको बिचल्ली भएको छ । उनले आफु मात्रै गएकी छैनन् भए भरको सम्पती पनि लगेर फरार भएकी छन् । उनको खोजी कार्य भैरहेको छ । आफ्नो श्रीमतीलाई युवक धन बहादुर साउदले नै भगाएको श्रीमान भरत खड्काको दाबी छ ।

भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्ने भरतको जिन्दगी माथि श्रीमती मिनाले कुठाराघात गरेर फरार भएपछि अहिले उनी हारगुहार गरिरहेका छन् । अन्ततः उनी मिडियामा आएका हुन् । उनलाई श्रीमतीले मात्रै छोडेकी छैनन् कमाएको सबै सम्पती पनि गुमाउनु परेको छ । उनले थप्दै भने ” श्रीमतीले छोडेर जानु नै थियो भने मेरो पैसा गरगहना, मेरो परिश्रमले किनेको जग्गा त फिर्ता गरेर जानुपर्ने, मलाई यस्तो अवस्थामा छोडेर गएकी छ, छोराछोरी एक्लै छन्, छोराछोरीको त माया हुनुपर्ने नी, म बिहानै दिउटीमा गैहाल्थे, छोराछोरी मात्रै पालेर बस भने, तर आज मलाई नै फसाएर गएकी छ ” उनी झन्डै २२ लाख बराबरको सम्पती लिएर फरार भएकी छन् ।

आफ्नो नगद पैसा गरगहना र उनको नामम भएको जग्गा फिर्ता गर्नुपर्ने श्रीमानको माग छ । उनीहरुलाई भाग्नु भन्दा अघिल्लो दिन त्रीवेणी नगरपालिका ३ घर भएका भरत साउदले घुमघाम गर्दा देखेको तर उनले पनि लुकाई छिपाई राखेकाले उनलाई एक हप्ता भित्र खोज्न भनी कागज गरिएको बताइएको छ ।

भगाउनमा उनको पनि संलग्नता रहेको पाइएको छ । मिनालाई भगाएर फरार भएका धन बहादुर साउदका पनि श्रीमती र दुई छोराछोरी रहेको बताइएको छ । उनकी श्रीमतीले पनि श्रीमानको खोजिका लागि हारगुहार गरिरहेकी छन् । तर उनीहरु भने कहाँ छन् कसैलाई पनि जानकारी नभएको बुझिएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.