काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू तथ्यसहित बोलेको दाबी गरेका छन् । यो उत्तर कोरिया नरहेको बताउदै शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी(स्टेट प्रकरणमा कांग्रेसमाथि लगाएको आरोपको प्रतिवाद गर्ने छुट आफूहरूसँग रहेको जिकिर गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, संविधान बनाउँदा हामी सँगै थियो। गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेससँग छ। किनभने यो उत्तर कोरिया होइन नेपाल हो।सर्वोच्चले पूर्णपाठ सार्वजनिक गरेपछि ओलीलाई कांग्रेसमाथि हुँदै नभएको आरोप लगाएपछि कांग्रेसले तथ्यसहित प्रतिवाद गरेको प्रष्ट पारे।
उनले अगाडि भने, ‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेको छ। कांग्रेसको कसैले केही पनि प्रतिक्रिया दिएको थिएन। पहिलो आक्रामक प्रतिक्रिया त सम्माननीय केपी ओलीकै थियो। उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो।
उहाँले आरोप लगाउन छुट दिने, प्रतिवाद गर्न चाहिँ उहाँलाई सोध्नुपर्ने रु कांग्रेसको तर्फबाट मैले महामन्त्रीको हैसियतले सहकारी बन्धु भनेको बोलेको हुँ। उहाँले आरोप लगाएपछि हामीले तथ्य राखेका हौँ। कांग्रेसलाई हुँदै नभएको कुरामा आरोप लगाएपछि मौन धारणा गरेर त हुँदैन नि।’ एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले र एमालेका अध्यक्ष ओलीमाथि लगाएको यो आरोपप्रति लिखित रूपमा माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य