काठमाडौँ : बाजुरामा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोली पक्राउ परेका ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख (डिएसपी) दिलिप कुमार गिरीले बताएका छन् ।आरोपित युवकले पीडित बालिकालाई गएराती उनकै घरमा पुगेर जबरजस्ती करणी गरेको भन्ने स्थानीय प्रहरीको सूचनाका आधारमा उनलाई प्रकाउ गरीएको डिएसपी गिरीले बताएका छन् ।
औपचारीक उजुरी भने नपरेको उनले बताएका । पिडक पिडित दुबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याई सकेको र त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको उनले बताए । आरोपितलाई बिहिबार राती प्रहरीले पक्राउ गरिएको हो । “राती नै बालिकाका आफन्तले स्थानीय प्रहरीलाई खबर गरेका थिए, त्यसपछि त्यहाँबाट हामीलाई सूचना आयो, हाम्रो जिल्लाबाट तत्काल टोली खटिन गई राती ३ बजे नै पक्राउ गरिएको हो” डिएसपी गिरीले भने, अहिले पिडीत बालिकालाई पनि बोलाएर स्वास्थ्य परिक्षण गर्ने तयारी भइरहेको पनि गिरिको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।
भौगोलिक हिसावले टाढा भएकाले राती नै पक्राउ गरिएको भएपनि अहिले मात्रै जिल्ला प्रहरी कार्यालय पुर्याएको उनले बताए । बाजुरामा महिला र किशोरी माथि जबरजस्ती करणीका घटनाहरु हुने गरेका छन् । अधिकांस घटनाहरु गाँउमै मिलाइन्छ भने कयौँ प्रहरी समक्ष पुगेका घटनाहरु पनि जनप्रतिनिधिको रोहवरमा मिलाउने गरेको पाइन्छ ।
पीडितलाई प्रलोभनमा पार्ने दवाद दिने र घटना छुपाउने खालका घटनाहरु यस अघि पनि बाजुरामा हुँदै आएका छन् । कतिपय जबरजस्ती करणीका घटनामा प्रहरीलेउजुरी नै लिन नमानेको कुरा पनि समय समयमा बाहिरिने गरेको छ। तर यस्ता आरोप प्रहरी भने स्विकार गर्न तयार छैनन् । अन्ततः राजनीतिकरण गरेर दोषीलाई उनमुक्ति दिने षडयन्त्र हुने गरेको छ ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा